अभिनेत्री सन्नी लियोनी आफ्नी छोरी निशाका लागि यस्तो सोच्छिन्, अभिनेत्रीको पोस्ट भाइरल हुँदै !

एजेन्सी- भारतीय अभिनेत्री सन्नी लियोनीले छोटो समयमै बलिउड क्षेत्रमा आफ्नो छाप छोडेकी छिन्। आज सन्नीले बलिउडसँगै दक्षिण भारतीय फिल्म क्षेत्रमा पनि राम्रो नाम कमाइरहेकी छिन्। उनी अभिनेत्री हुनुका साथै एक आमा पनि हुन् । उनी प्रायः आफ्नो सामाजिक सञ्जाल खातामा आफ्ना छोराछोरीसँग फोटो–भिडियो सार्वजनिक गर्छिन् ।

सन्नी लियोनका तीन छोराछोरी छन्। सन्नीका दुवै छोरा सरोगेसीबाट आएका हुन् भने निशालाई सन्नीले धर्म पुत्रीको रुपमा लिएकी हुन्। यो खबर बाहिर आएपछि सन्नीको धेरै तारिफ पनि भयो तर सामाजिक सञ्जालमा अभिनेत्रीको बारेमा धेरै पटक विभिन्न किसिमका समाचार बाहिर आएका थिए।

सामाजिक सञ्जालमा सनी लियोनी र निशाको बारेमा धेरै पटक यस्ता समाचार आउने गर्छ । जहाँ मानिसहरूले सन्नीले आफ्नी छोरीलाई राम्रो व्यवहार नगरेको दाबी गर्छन्। यति मात्र नभई सामाजिक सञ्जालमा यस्ता धेरै भिडियोहरु पनि भाइरल भएका थिए जसमा सन्नीले उनको छोरी निशालाई कुनै कारणले ध्यान दिन सकेनन् तर हालै छोरी निशाको ७ औं जन्मदिनमा सनी लियोनीले ती सबै आलोचकलाई मुस्कानको जवाफ दिएकी छिन् ।

हालै सन्नीले आफ्नो इन्स्टाग्राममा निशाको जन्मदिनको केही तस्बिर सेयर गरेकी छिन् । तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । तस्बिरमा सन्नीले आफ्नो पुरा परिवारको तस्बिर सार्वजनिक गरेकी छिन् । साथै डेनियल वेबरले छोरी निशाको एउटा सुन्दर तस्बिर पनि सेयर गरेका छन् र फोटोमा कमेन्ट गर्ने सबैलाई धन्यवाद दिँदै निशालाई जन्मदिनको शुभकामना दिएका छन् ।

प्रकाशित : सोमबार, असोज ३१, २०७९१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भावस्थाको समय इ:-ञ्जोय गर्दै आलिया, गरिन् ,महत्वपूर्ण निर्णय !