भाइटिकाको अघिल्लो दिनबाट हिरा जस्तै चम्किनेछ यी ३ राशिको भाग्य, रहनेछ लक्ष्मीको असीम कृपा !

ज्योतिषीय गणना अनुसार कार्तिक ९ गते धेरै शुभ दिन हो। बुध असोज १६ गतेबाट कन्या राशिमा प्रवेश गरेको छ। कार्तिक ९ गतेको दिन अब बुध तुला राशिमा प्रवेश गर्नेछ। भोलि कार्तिक १ गते शुक्रले तुला राशिमा प्रवेश गर्नेछ। तुला राशिमा बुध र शुक्रको संयोगले लक्ष्मीनारायण योग बन्नेछ। जान्नुहोस् लक्ष्मी नारायण योगले कुन राशिका व्यक्तिको भाग्य चम्किन्छ:-

कन्या राशि 

कन्या राशिका लागि लक्ष्मी नारायण योग निकै शुभ रहनेछ। यस अवधिमा ऋणबाट मुक्ति मिल्नेछ। व्यापारीहरूले नाफा कमाउनेछन्। आकस्मिक धन लाभको योग रहेको छ। आर्थिक लाभको सम्भावना छ। मान-सम्मानमा वृद्धि हुनसक्छ। करियरमा प्रगति गर्न सकिनेछ।

धनु राशि 

धनु राशिका लागि लक्ष्मी नारायण योगले शुभ समाचार ल्याउन सक्छ। जागिर खाने व्यक्तिको जीवनमा सुख मिल्न सक्छ। व्यापारीहरूले नाफा कमाउन सक्छन्। घरमा मांगलिक कार्यक्रम गर्न सकिनेछ।

मकर राशि 

मकर राशिका व्यक्तिहरूले जागिर, करियर र व्यापारमा सफलता प्राप्त गर्न सक्छन्। रोकिएको धन प्राप्त हुन सक्छ। कार्यस्थलमा पदोन्नति पाउन सकिनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ। सुख सुविधा बढ्नेछ। उच्च अधिकारीहरु तपाईसँग खुसी हुनेछन्।

प्रकाशित : सोमबार, असोज ३१, २०७९११:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२७ वर्षपछि तिहारको समयमा बन्दै यस्तो विशेष संयोग: ८ राशिलाई अशुभ, ३ राशिलाई हुनेछ शुभ !