४ महिनापछि यस दिन विशेष कृपा दिनेछन् भगवान विष्णु, यस्ता उपाय गर्दा हुन्छ निकै शुभ !

हिन्दु पात्रो अनुसार आषाढ महिनाको शुक्ल पक्षको देवशयनी एकादशीका दिन भगवान विष्णु योग निद्रामा जान्छन् र ४ महिनापछि देउथनी एकादशीमा उठ्छन्। यस्तो अवस्थामा कार्तिक मासको शुक्ल पक्षको एकादशी तिथिका दिन उहाँ निद्राबाट उठेर भक्तजनमा धेरै आशीर्वाद दिन्छन्। यसलाई हरिबोधिनी एकादशी एकादशी भनिन्छ। हरिबोधिनी एकादशीलाई देव प्रबोधिनी एकादशी पनि चिनिन्छ।

हिन्दु पात्रो अनुसार यस पटक हरिबोधिनी एकादशी कार्तिक १८ गते परेको छ। यस दिन भगवान विष्णुको पूजाको विशेष महत्व छ। साँचो मनले भगवान विष्णुको आराधना गर्नाले उहाँ प्रसन्‍न हुनुहुन्‍छ र भक्तहरूको सबै मनोकामना पूरा गर्नुहुन्छ। यस दिन गर्न सकिने उपायहरु बारे यस्ता छन् जानकारी।

हरिबोधिनी एकादशीको उपाय:-

ज्योतिष शास्त्र अनुसार यस दिन भगवान विष्णुलाई दूध र केसरले अभिषेक गरिन्छ। यसबाट ईश्वरले मनोकामना पूरा गर्ने र आशीर्वाद दिनुहुन्छ। यदि तपाईं ऋणमा हुनुहुन्छ र आर्थिक संकटबाट मुक्त हुन चाहनुहुन्छ भने एकादशीको दिन पीपलको रूखमा जल चढाउनुहोस्। साँझ पिपलको रूखमुनि दियो बाल्नुहोस्। यसो गर्नाले ऋणबाट छिट्टै छुटकारा पाउन सकिन्छ।

यदि तपाईं सधैं पर्समा पैसा राख्न चाहनुहुन्छ भने एकादशीको दिन भगवान विष्णुलाई पैसा चढाएर पर्समा राख्नुहोस्। यसो गर्नाले व्यक्तिलाई धन लाभ हुन्छ र व्यक्तिको पर्स कहिल्यै खाली हुँदैन। ज्योतिष शास्त्रका अनुसार धन वृद्धि गर्न चाहनुहुन्छ भने भगवान विष्णुलाई तुलसीको पातको साथ सेतो रंगको वस्तु चढाउनुपर्छ। यसो गर्नाले शुभ फल प्राप्त हुनेछ। लामो समयदेखि कुनै काम अलपत्र परेको छ भने भगवान विष्णुको मन्दिरमा नरिवल र बदाम चढाउनाले सबै काम पुरा भएर सफलता मिल्नेछ।

प्रकाशित : आइतबार, असोज ३०, २०७९१७:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चाणक्य नीति: यस्ता महिलासँग बिहे गर्ने मानिसको हुन्छ जीवन नै बर्बाद, रहनुहोस् सतर्क !