देउवा विरुद्ध लड्न लागिरहेका ढकाललाई रविको समर्थन !

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई स्वतन्त्र पार्टीले समर्थन गर्ने निर्णय गरेको हो।

सो पार्टीले ढकाललाई समर्थन गर्ने निर्णय गरिएको सम्बन्धमा सामाजिक संजाल मार्फत एक विज्ञप्ति जारी गरेर जानकारी गराएको छ। विज्ञप्ति जारी गर्दै पार्टीले राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ राख्ने उल्लेख गरेको छ।

राजनीतिलाई आजिवन पेसा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको भनाई रहेको छ।

“राजनीतिलाई आजिवन पेसा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक छ । यसपटकको निर्वाचन परिणामबाट प्राप्त हुने धेरै लक्ष्यहरु मध्येमा पुरानालाई बिदा गर्ने लक्ष्य पनि प्रमुख लक्ष्य हो । राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ ।”,पार्टीले सामाजिक संजालमा लेखेको छ।

राजनीतिलाई आजीवन पेसा बनाएकाहरु, पटक पटक परीक्षण भइसकेकाहरुको बदलामा नयाँ र योग्यलाई राजनीतिमा प्रवेश गराउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सँधै सकारात्मक रहेको भन्दै डडेलधुरामा सुई निर्वाचन चिह्न लिएर चुनावी प्रतिष्पर्धामा रहेका ढकाललाई समर्थन गर्ने निर्णय गरिएको सामाजिक संजालमा उल्लेख गरिएको छ।

प्रकाशित : शनिबार, असोज २९, २०७९१५:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कांग्रेसले लियो ओनसरीलाई जिताउने जिम्मा, जिताएरै छाड्ने घोषणा !