सूर्य गोचर : आउँदो ३ दिनमा बदलिनेछ ३ राशिको भाग्य, धनतेरसअघि नै बन्नेछन् धनवान्

काठमाडौँ : ग्रहको गोचरले हाम्रो राशिमा राम्रो र नराम्रो दुवैखाले प्रभाव पार्छ। असोज ३१ गते सोमबार ग्रहहरुको राजा सूर्यले राशि परिवर्तन गरी तुला राशिमा प्रवेश गर्दैछ। यसको सबै १२ वटै राशिहरुमा शुभ र अशुभ प्रभाव पर्नेछ। तर तीमध्ये तीन राशि यस्ता छन् जसलाई सबैभन्दा बढी लाभ हुनेछ। सूर्य राशि परिवर्तनले यी राशिको पनि भाग्य बदलिनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि सूर्यको गोचर लाभदायी साबित हुनेछ। सूर्यको राशि परिवर्तनले कर्कट राशिका जातकको जीवनमा धेरै खुशी ल्याउनेछ। तपाईका सम्पूर्ण रोकिएका कामहरु समयमै पूरा हुनेछन्। धनसम्बन्धी सबै समस्याहरु अन्त्य हुनेछ। नोकरीमा बढुवा र व्यापारमा लाभको योग छ। घरमा सुख-शान्तिको माहोल रहनेछ। नयाँ घर तथा वाहन खरिदको योग बन्न सक्छ।

पुराना साथीभाइसँगको भेटघाटले फाइदा हुनेछ। नातासम्बन्ध बलियो हुनेछ। सन्तानको सुख मिल्नेछ। पुराना रोगबाट मुक्ति मिल्नेछ। तनाव कम हुनेछ। शुभ कार्यको लागि यात्राको योग जुर्न सक्छ। घरमा माङ्गलिक कार्य हुन् सक्छ। पैसा लगानी गर्नको लागि समय उत्तम रहेको छ। भगवानप्रतिको आस्था बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सूर्यको गोचरले सिंह राशिका जातकको भाग्य चम्काउनेछ। करियरमा थुप्रै नयाँ अवसरहरु प्राप्त हुनेछ। माता लक्ष्मीको कृपा प्राप्त हुनेछ। कतैबाट अचानक ठूलो धन प्राप्त हुन सक्छ। घरजग्गाको क्षेत्रमा निर्णय तपाईको पक्षमा आउनेछ। अड्डा-अदालतका मुद्दाहरू पनि समाधान हुनेछन्। स्वास्थ्य अवस्था राम्रो रहनेछ। सुन्दर एवं रमणीय ठाउँको भ्रमण गर्ने अवसर प्राप्त गर्नुहुनेछ।

सन्तानले तपाईको सेवा गर्नेछन्। प्रेम सम्बन्धको मामिलामा सफलता हात लाग्नेछ। विवाहको योग पनि बन्न सक्छ। व्यापारीले कुनै ठूलो सम्झौतालाई मूर्तरूप दिनेछन्। जागिरको शिलशिलामा वैदेशिक यात्राको अवसर मिल्नेछ। घरमा सुख, शान्ति र समृद्धि कायम रहनेछ। तपाई आर्थिक रुपमा मजबूत बन्नुहुनेछ। चारैतिरबाट धनको आगमन हुनेछ। तपाईको सर्वत्र प्रशंसा हुनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सूर्यको गोचरले मेष राशिका जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। यो राशि परिवर्तनले मेष राशिका जीवनमा धन र कीर्ति ल्याउनेछ। समाजमा मान सम्मान बढ्नेछ। सफलता देखेर मानिसहरूले ईर्ष्या गर्नेछन्। शत्रु पक्ष कमजोर हुनेछन्। फ्यान-फलोइङ बढ्नेछन्। जीवनमा नयाँ साथीसँगी बन्नेछन्। घुमफिरको अवसर प्राप्त हुनेछ। नयाँ व्यक्तिसँगको भेटले जीवनमा धेरै परिवर्तनहरु ल्याउनेछन्। धेरै प्रगति गर्नुहुनेछ।

धन आर्जनको नयाँ अवसर मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। तपाईको कामको प्रशंसा हुनेछ। जीवनसाथीसँगको सम्बन्ध मधुर रहनेछ। रोगव्याधिहरु बिस्तारै हट्नेछन। कुनै शुभ कार्यले यात्राको अवसर जुर्न सक्छ। उक्त यात्राले धन लाभ पनि गराउनेछ। सापटी दिएको पैसा फिर्ता हुनेछ। लामो समयदेखि रोकिएका काम पनि शीघ्र सम्पन्न हुनेछन्। विवाहको योग बन्न सक्छ।

प्रकाशित : शुक्रबार, असोज २८, २०७९१०:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तिहारअघि चमक्क हुनेछ यी ४ राशिका मानिसको भाग्य, मिल्नेछ अपार सफलता !