२० वर्षमा पहिलो पटक सम्मानित भए अभिनेता अल्लु अर्जुन, भए निकै भावुक !

एजेन्सी- भिनेता अल्लु अर्जुनले पछिल्लो समयमा भारतीय चलचित्र क्षेत्रमा तहल्का मचाईरहेका छन् भने अर्कोतिर उनलाई धेरै ठुला सम्मान हुँदैछ। केही समयअघि न्यूयोर्कमा भएको वार्षिक ‘इन्डियन डे परेड’ मा अल्लु अर्जुनलाई ग्राण्ड मार्शलका रुपमा देशको प्रतिनिधित्व गर्न आमन्त्रित गरिएको थियो भने अहिले ‘पुष्पा’ बाट ख्यातिप्राप्त अभिनेतालाई उत्तर भारतमा पहिलो पटक सर्वोच्च सम्मान प्रदान गरिएको छ ।


दिल्लीमा एउटा कार्यक्रम आयोजना गरिएको थियो, जहाँ अल्लु अर्जुनलाई मनोरञ्जन जगतका लागि ‘इन्डियन अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको छ । यस कार्यक्रममा अल्लु अर्जुन कालो कपडामा निकै स्टाइलिस देखिएका थिए । उक्त कार्यक्रमका उनका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यो सम्मान जितेपछि अल्लु निकै खुसिको साथै भावुक देखिएका छन्।


अवार्ड प्राप्त गरेपछि अभिनेता अल्लु अर्जुनले भने, ‘भारतीय सिनेमा कहिल्यै झुक्ने बताएका छन। कार्यक्रमा अभिनेताको कार्यक्रममा उपस्थितले मानिसहरूको अनुहारमा मुस्कान ल्यायोको थियो। अल्लुको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ, जसलाई फ्यानका साथै सेलिब्रेटीहरुले मन पराइरहेका छन् । अभिनेताले भने, ‘म चलचित्र क्षेत्रमा काम गरेको २० वर्ष भयो । मैले साउथमा धेरै अवार्ड पाएको छु, उत्तरबाट कुनै अवार्ड पाएको यो पहिलो पटक हो, त्यसैले यो मेरो लागि धेरै विशेष छ।

प्रकाशित : बिहिबार, असोज २७, २०७९१५:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रणवीर कपूरले जुराएका थिए शाहरुख खानको यो चलचित्र नाम !