बाँस्कोटा विरुद्ध उठेका पण्डितलाई ‘डोजर’ चिन्ह, भ्रष्टाचार विरुद्ध डोजर लगाउने घोषणा !

काठमाडौं, चलचित्र निर्माता मनोज पण्डितलाई डोजर चुनाव चिन्ह मिलेको छ । काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिन्ह पाएका हुन्।

काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका बेला आफूले यही चुनाव चिन्ह पाएको भन्दै पण्डितले खुसी व्यक्त गरेका छन् ।

“सांसद भएपछि मैले देशको सीमा अतिक्रमण भएका ठाउँमा बुलडोजर चलाउने हो,”उनले सामाजिक सञ्जालमा लेखेका छन् । पण्डितले निर्माण को साधन भएकाले आफूले डोजर रोजेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

भ्रष्टाचार को जग उखेल्न डोजर अगाडी बढ्ने पण्डितको भनाई छ। उनले सामाजिक सञ्जालमा लेखेका छन्,”मैले चुनाब चिन्ह ‘डोजर’ छनोट गरेको छु। निर्माणको साधन भएकाले यसलाई मैले निर्माणको प्रतिक मानेको छु । आवश्यक परिस्थितीमा समाधानका अवरोधहरुलाई निर्माण गर्न पनि यो पछाडी हट्दैन । भ्रष्टाचारको जग उखेल्न डोजर अब अगाडी बढ्दैछ”

प्रकाशित : बुधबार, असोज २६, २०७९२०:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विष्णु पौडेललाई चिठ्ठा पर्यो !