एजेन्सी- भारतको बलिउड क्षेत्रमा गत वर्ष रिलिज भएको चर्चित फिल्म ‘शेरशाह’ मा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको जोडी मानिसहरुले निकै रुचाएका थिए । भारतीय मिडिया रिपोर्टका अनुसार दुवै पछिल्लो तीन वर्षदेखि एक अर्काको प्रेममा अपरेका छन् । फुर्सद समयमा यी दुई प्रायः सँगै समय बिताउने गरेको देखिन्छ। यस्तो अवस्थामा अभिनेता तथा अभिनेत्रीको फ्यानहरू सिद्धार्थ र कियारालाई विवाह बन्धनमा बाँधिएको हेर्न चाहन्छन् । दुवैको विवाह लामो समयदेखि चर्चाको विषय बनेका छन् ।
मिडिया रिपोर्टका अनुसार कियारा आडवाणी र सिद्धार्थ मल्होत्राले अर्को वर्ष अप्रिलमा दिल्लीमा परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गर्ने भएका छन् । कियारा र सिद्धार्थले अर्को वर्ष विवाह गर्ने दुवैको नजिकको स्रोतले खुलासा गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
सिद्धार्थको परिवार दिल्लीमा भएकाले विवाह पनि त्यहीँ हुने स्रोतले खुलासा गरेको छ कि कियारा र सिद्धार्थले पहिले कोट म्या:रिज गर्नेछन् र त्यसपछि उनीहरूले पार्टी गर्नेछन्। यसपछि कियारा र आडवाणीले भव्य रिसेप्शन पनि राख्ने बताएको छ।
मिडिया रिपोर्टका अनुसार दुवैले विवाहमा बलिउडबाट कसैलाई पनि निम्तो दिने छैन किनभने विवाह सिद्धार्थ-कियाराको परिवार र आफन्तहरूबिच दिल्लीमा हुनेछ। यससँगै दुवैको वर्क:-फ्रन्टको कुरा गर्ने हो भने, कियारा चाँडै ‘आरसी १५’ र ‘सत्यप्रेम की कथा’ जस्ता फिल्ममा देखिनेछिन् । यसबाहेक सिद्धार्थ मल्होत्राको फिल्म ‘थ्या:-ङ्क गड’ २५ अक्टोबरमा हलमा रिलिज हुँदैछ, जसमा अजय देवगन पनि महत्त्वपूर्ण भूमिकामा छन् ।