यस वर्ष अन्नकूट लक्ष्मी पूजाको दोस्रो दिन नभई सूर्यग्रहणका कारण तेस्रो दिन हुने भएको छ। यस पटक तिहारमा लगभग २७ वर्ष पछि हुनेछ कि खण्डग्रास सूर्यग्रहणका कारण क्ष्मी पूजाको भोलिपल्ट कार्तिक ८ गते गोवर्धन पूजा हुने छैन।
परम्परा र तिथी अनुसार हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दीपावलीको लक्ष्मी पूजाको दिनको भोलिपल्ट गोवर्धन पूजा र अन्नकूट मनाइने गरिन्छ। कार्तिकको प्रदोष व्यापिनी औंशी अर्थात् लक्ष्मी पूजा यस वर्ष कार्तिक महिनाको ७ गते पारेक छ। यस दिन साँझ महालक्ष्मी–गणेश–कुबेरको पूजा–आराधना गरिनेछ। त्यस्तै, कार्तिक ८ गते साँझ ४:५९ मा सूर्यग्रहण लाग्नेछ। ग्रहणको मध्य अवधि ०५:२९ मा हुनेछ र मोक्ष साँझ ०५:५७ मा हुनेछ।
यो ग्रहण स्वाति नक्षत्रमा लाग्दैछ। यसै कारण पनि प्राय: लक्ष्मी पूजाको भोलिपल्ट हुने गोवर्धन पूजा सूर्यग्रहणको कारण यो वर्ष भने भोलिपल्ट अर्थात् कार्तिक ८ गते नभएर कार्तिक ९ गते रहेको छ। त्यस्तै, कार्तिक १० गते भाइटिका रहेको छ।