मीन राशिमा मार्गी हुँदै बृहस्पति: यी राशिलाई साबित हुनेछ अशुभ !

बृहस्पति अर्थात् ग्रहहरुका गुरु अझै प्रतिगामी अवस्थामा छ। बृहस्पति २४ नोभेम्बर २०२२ मा मार्गी हुँदैछ, जसले सबै राशिका मानिसलाई असर गर्छ।

ज्योतिष शास्त्र अनुसार २४ नोभेम्बर २०२२ को बिहान ४:५१ बजे मीन राशिमा गोचर हुनेछ। बृहस्पतिको यस स्थितिबाट धेरै राशिका व्यक्तिहरूले लाभ लिन सक्छन्। एकै साथ, धेरै राशिका लागि समय सामान्य हुन सक्छ भने कसैलाई यो समय अशुभ साबित हुनसक्छ। यो अवधिमा कसले दु:ख कष्ट भोग्न सक्छन् ? जानौं।

मिथुन राशि

मिथुन राशिका लागि बृहस्पति सातौं र दशौं घरको स्वामी हो। व्यावसायिक जीवनमा केही समस्या आउन सक्छ। कार्यस्थलमा वातावरण प्रतिकूल हुन सक्छ। कामको दबाब आउन सक्छ। खर्च बढ्नाले आर्थिक समस्याको सामना गर्नु पर्नेछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरूका लागि बृहस्पति पाँचौं र आठौं घरको स्वामी हो। कार्यस्थलमा कामको बोझ बढी हुन सक्छ। व्यापार व्यवसायमा पनि केही समस्या आउन सक्छ। यस अवधिमा आर्थिक जीवन पनि उतार-चढावले भरिनेछ। स्वास्थ्य सम्बन्धि समस्या पनि आउन सक्छ, यस्तो अवस्थामा स्वास्थ्यमा सजग रहनुहोस्।

तुला राशि

यस राशिका व्यक्तिहरूका लागि बृहस्पति तेस्रो र छैटौं घरको स्वामी हो। यस अवधिमा घरायसीहरूले धेरै समस्याको सामना गर्नु पर्नेछ, खर्च बढ्न सक्छ र व्यापारमा घाटा पनि हुन सक्छ। यस अवधिमा व्यक्तिगत जीवनमा पनि राम्रो नहुन सक्छ।

प्रकाशित : मङ्गलबार, असोज २५, २०७९१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुरु ग्रहले गर्दै मीन राशिमा प्रवेश: कुन राशिलाई मिल्छ सबैभन्दा शुभ फल ? हेर्नुहोस् !