काठमाडौ, पुष्पकमल दाहालले चितवन–३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठाउने भएको छ ।
सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफनो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो ।
भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन–३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गरेका छन् ।