प्रचण्डको भागमा तीन टीकट: एक आफैंलाई, अर्को ज्वाइँलाई ! बाँकी कसलाई ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारबाट तीन जना आउने निर्वाचनमा सहभागी हुने भएका छन्। प्रचण्ड मात्र नभई उनको नाता लाग्ने अन्य दुई व्यक्ति पनि आउने निर्वाचनका लागि उठ्ने भएका हुन्।

प्रचण्ड स्वयम् गोरखा क्षेत्र नम्बर २ बाट उठ्दैछन्। गत निर्वाचनमा चितवन ३ बाट विजयी भएपनि प्रचण्ड यस पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै नम्बर २ बाट उठ्न लागेका हुन्। उनी उठ्ने निर्णय पार्टीले गरिसकेको छ।

त्यस्तै प्रचण्डकी बुहारी विना मगरलाई पनि माओवादीले टीकट दिने भएको छ। यस अगाडी पनि प्रतिनिधिसभा सदस्य रहेकी मगरलाई कञ्चनपुर १ बाट उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो।

त्यस्तै प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका जीवन आचार्यले प्रदेशसभाको लागि टीकट पाएका छन्। उनले मोरङबाट चुनावमा उठ्ने गरी टीकट पाएका हुन्। मोरङको क्षेत्र नम्बर ६ को (क) बाट जीवन आचार्यलाई उठाउने माओवादीको निर्णय छ।

आचार्य यस अगाडी पनि प्रदेशसभाको निर्वाचनमा सहभागी भएका थिए। २०७४ सालको निर्वाचनमा तत्कालिन वाम गठबन्धनबाट उम्मेदवार बनेका आचार्य तत्कालीन कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए।

प्रकाशित : शनिबार, असोज २२, २०७९१९:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रचण्डले छाडेको चितवन-३मा को उठ्दैछ ?