सपनामा यी ४ कुरा देख्नु हुन्छ निकै शुभ, मिल्न सक्छ अपार धन लाभ !

हामी हरेक दिन विभिन्न सपना देख्ने गर्छौँ । हामीले देख्न हरेक सपनाको आ-आफ्नै अर्थ हुने गर्दछ । सपना शास्त्रका अनुसार हरेक सपनाको अर्थ हुन्छ । साथै सपनाहरूले भविष्यका घटनाहरूको संकेत दिन्छ भन्ने मान्यता रहेको छ । कुनै सपनाले शुभ संकेत दिन्छ भने केही सपनाले अशुभ संकेत दिन्छ। यसबाहेक केही सपनाले भविष्यमा धन लाभ हुने संकेत गर्छ। जान्नुहोस् कुन सपनाले धन लाभको संकेत गर्छ।

सपनामा सुगा

सपना शास्त्रका अनुसार सपनामा सुगा देख्नु निकै शुभ मानिन्छ । सपनामा सुगा देखियो भने चाँडै नै धन प्राप्ति हुन्छ । साथै धन सम्बन्धी कुनै पनि ठूलो योजना सफल हुनेछ।

सपनामा कमलको फूल

सपनामा कमलको फूल देख्दा शुभ संकेत मिल्छ । धनकी देवी लक्ष्मीलाई कमलको फूल अति प्रिय छ। त्यसैले सपनामा कमल देख्नु आकस्मिक धन लाभको संकेत मानिन्छ ।

सपनामा हात्ती

सपना शास्त्र अनुसार सपनामा हात्ती देख्नु शुभ मानिन्छ । सपनामा हात्ती देख्नु भनेको आगामी दिनमा धन लाभ हुने संकेत हो ।

सपनामा माहुरी

सपनामा मौरी देख्नु पनि निकै शुभ संकेत हो । यदि सपनामा मौरी देखियो भने, यसको मतलब छिट्टै कसैबाट ठूलो मात्रमा धन प्राप्त हुनेछ ।

प्रकाशित : आइतबार, असोज १६, २०७९१०:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

असाध्यै सफा मनका हुन्छन् यी ३ राशि भएका मानिस, कुन-कुन ?