प्रत्येक व्यक्तिको एक राशि हुन्छ र ज्योतिष शास्त्रमा प्रत्येक राशिसँग सम्बन्धित व्यक्तिको स्वभाव, गुण, दोष र भविष्यको बारेमा बताइन्छ। वास्तवमा १२ राशिमध्ये ३ राशिका मानिस यस्ता पनि हुन्छन् जसका मानिसहरु निकै कोमल मन गरेका र नम्र स्वभाव गरेका हुन्छन्। यस्ता मानिसले कहिल्यै पनि कसैसँग शत्रुताको भावना राख्दैनन्। यस राशिका मानिसहरु पुराना कुराहरु बिर्सिएर मानिसको गल्ती माफ गर्ने गर्छन्। यी राशिका मानिसलाई उनीहरुको सफा मनले सबै मानिस माझ प्रिय बनाउँछ। यति मात्र होइन, यी राशिका मानिसहरु कसैसँग पनि झगडा गर्दैनन्। आफ्नो स्वभाव अनुसार सानो सानो कुरालाई बेवास्ता गर्छन्। आउनुहोस् जानौँ ती ३ राशिका बारेमा जससँग सम्बन्धित व्यक्तिको सबैप्रति सद्भाव रहन्छ।
कर्कट राशि
कर्कट राशिको स्वामी ग्रह चन्द्र ग्रह हो। ज्योतिषशास्त्रका अनुसार चन्द्रमालाई मनको कारक मानिन्छ। यस राशिका मानिस निकै भावुक स्वभावका हुन्छन्। कर्कट राशिका मानिसहरुले आफ्ना मानिसको निकै ख्याल राख्ने गर्छन्। यसका साथै यस राशिका मानिस कुनै पनि सम्बन्धलाई निकै महत्व दिने गर्छन्। यसका साथै यस राशिका मानिसमा क्षमा दिने गुण पनि हुन्छ।
सिंह राशि
सिंह राशिको शासक ग्रह सूर्य हो। यो राशिका मानिसहरु सबै कुरा स्पष्ट रुपमा राख्न रुचाउँछन्। यस राशिका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरु सधैं एक रूपमा अगाडी बढिरहन्छन्। त्यस्तै, यस राशिका मानिस पुराना कुराहरू बिर्सन र अगाडि बढ्नमा विश्वास गर्छन्। तर, जब उनीहरू यसबाट दुखित हुन्छन्, उनीहरू आक्रामक पनि हुन्छन्। यद्यपि, सिंह राशिका मानिसमा क्षमा दिने गुण पनि हुन्छ। यी मानिसहरूले सानो-तिनो गल्तीलाई क्षमा गरेर जीवनमा अगाडि बढ्ने गर्छन्।
मीन राशि
मीन राशिको स्वामी बृहस्पति ग्रह हो। यस राशिका व्यक्तिले बिना सोच-विचार गरेर कुनै पनि कुराको जवाफ दिने गर्छन्। मीन राशिका मानिसको कुरा कहिलेकाहीँ अरुलाई असभ्य लागे पनि उनीहरु मनबाट एकदमै स्पष्ट हुन्छन्। साथै, यी मानिसहरुमा कसैप्रति ईर्ष्या वा द्वेषको भावना हुँदैन। यसबाहेक उनीहरु कुनै पनि कुरालाई भुलेर अगाडि बढ्न सिद्धान्तमा विश्वास गर्छन्।