हरेक मानिसले धनवान बन्ने सपना देख्नु स्वाभाविक कुरा हो । मानिस धनवान बन्न धेरै मेहनत गर्ने गर्दछन् । तर कहिले जति मिहेनत गर्दा पनि बेकार हुने गर्दछ । चाणक्य नीतिले अपार धनको मालिक बन्नको लागि परिश्रम, बुद्धिका साथै व्यक्तिले सत्कर्म पनि गर्न आवश्यक रहेको बताएका छन् । यसका साथै धनधान्यकी देवी लक्ष्मीको आशीर्वाद हुनु पनि आवश्यक छ । आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा भनेका छन् कि यस्ता मानिसमा माता लक्ष्मीको सधैँ कृपा हुने गर्दछ ।
चाणक्य नीति अनुसार भगवान विष्णुको कृपा हुने व्यक्तिमा माता लक्ष्मीको विशेष कृपा हुने गर्दछ । यस्तो अवस्थामा भगवान विष्णुको आशीर्वाद प्राप्त गर्न हरेक दिन भगवान विष्णुलाई चन्दन चढाउनुपर्छ ।
लक्ष्मी माताको कृपा प्राप्त गर्न घरका नारी र ज्येष्ठ नागरिकको सम्मान गर्नु पर्दछ। घर सधैँ सफा राख्नुपर्दछ । साथै परिवारका सबै सदस्यहरू मायाको साथ बस्नु पर्छ। यस्ता घरहरूमा पैसा र अन्नको भण्डार कहिल्यै सकिँदैन।
यस्ता व्यक्ति जसले आफ्नो आम्दानीको एक हिस्सा धर्ममा लगाउँछन् र खाँचोमा परेकाहरूलाई सहयोग गर्छन्, उनीहरूको धन सधैँ बढ्छ।
सधैँ भगवानको आराधना गर्ने र धर्ममा आस्था राख्ने र सकारात्मक सोचका साथ जीवनमा आउने चुनौतीहरूको सामना गर्ने यस्ता व्यक्तिहरूले सधैँ सफलता पाउँछन्। उनीहरूलाई पैसाको कहिल्यै कमी हुँदैन।
जुन घरबाट पाहुना खुसीसाथ जान्छन्, जहाँबाट भिखारी कहिल्यै रित्तो हात फर्किँदैन, त्यो घरमा सधैँ आशीर्वाद रहिरहन्छ। त्यस्ता व्यक्तिहरू सधैँ सुखी र समृद्ध जीवन बिताउँछन्।