केहि मान्छे आफ्नो मित्रतालाई सधैँ कायम राख्छन्। यस्तो मान्छे साथीको लागि जे पनि गर्न तयार हुन्छन्। यधपी यस्तो साथी सबैको हुदैन। केहि खास राशि हुने मान्छे साथी बनेर अगाडी आउँछन्। ज्योतिष विज्ञानको अनुसार यस्तो पाँच राशि रहेको छ जसले साथीको लागि जे पनि गर्न सक्छन्।
वृष राशि

ज्योतिष विज्ञानको अनुसार वृष राशि हुने मान्छेले राम्रोसंग मित्रता निभाउछन्। यी व्यक्तिहरु आफ्नो साथीको महत्त्व राम्रोसँग बुझ्छन्। त्यसैले हरेक परिस्थितिमा आफ्नो साथीलाई साथ दिन्छन्। व्यक्तिगत रूपको साथ-साथै आफ्नो साथीको लागि अरुबाट पनि सहयोग माग्छन्।
मिथुन राशि

मिथुन राशि हुने मान्छेको सच्चा मित्र हुन्छन्। आफ्नो साथीको लागि यिनीहरुले जे गर्न सक्छन्। यदी कोहि उनीहरुको मित्रतालाई नराम्रो गर्छ भने त्यसलाई सुन्न मन पराउदैनन्। आफ्नो साथीलाई सच्चा हृदयले लगाव राख्छन र हरेक परिस्थितिमा साथ दिन्छन्।
कर्कट राशि

कर्कट राशि हुने व्यक्तिको मित्रता निकै गजबको हुन्छ। मान्छेहरु उनीहरुको मित्रतालाई फलाम जस्तै मान्छन्। जब पनि कुनै समस्या उनीहरुको साथीमा आयो भने सधैँ सहयोग गर्छन्। उनीहरुको साथीको संख्या पनि धेरै हुन्छ। आफ्नो मित्रतालाई लिएर भावुक पनि हुन्छन्।
सिंह राशि

सिंह राशि हुने व्यक्तिमा मित्रताको फाईदा र नोक्सान दुवै देखिदैन। यदि पुरै संसार उनीहरुको मित्रता विरुद्द भएपनि उनीहरु आफ्नो साथिसँग खडा हुन्छन्। मिथुन र धनु राशि हुने मान्छेको मित्रता गहिरो हुन्छ ।
मकर राशि
![]()
मकर राशि हुने व्यक्ति राम्रो मित्र साबित हुन्छन्। यस राशि हुने मान्छे मित्रताको लागि जे पनि गर्न सक्छन्। उनीहरुको दोस्तीमा शंका गर्न सकिदैन । आफ्नो साथीको सुख-दुखमा सधैँ साथमा हुन्छन्।
