वर्षभर मालामाल रहनेछन् यी ४ राशि, धनको कमी हुँदै हुँदैन !

कुण्डलीमा शुक्रको स्थिति बलियो भएमा व्यक्तिले जीवनमा सुखको फाइदा उठाउने गर्दछ। वृष र तुला राशिको स्वामी शुक्रलाई भौतिक सुखको कारक मानिन्छ। सन् २०२२ मा शुक्रले १५ पटक राशि परिवर्तन गर्नेछ र जनवरी ४ तारिखमा धनु राशिको प्रवेशबाट सुरु भएको हो। यसपछि शुक्र ग्रहले वर्षभर क्रमिक रूपमा निश्चित समयमा राशि परिवर्तन गरिरहनेछ।  आर्थिक तथा भौतिक हिसाबले सन् २०२२ कुन रशिका लागि निकै शुभ रहला त ? जान्नुहोस्….

मेष राशि 

धनको स्थिति राम्रो रहनेछ। सम्पत्ति लाभको योग पनि रहेको छ। घरजग्गामा लगानी गरेर लाभ लिन सकिनेछ। ऋणबाट मुक्ति मिल्नेछ। धनलाभको लागि बृहस्पतिको मन्त्र जप गर्नुहोस्।

वृष राशि 

धनको आगमन निरन्तर रहनेछ। वर्षको मध्यपछि सम्पत्ति लाभको सम्भावना पनि छ। खर्च र ऋण दिनमा ध्यान दिनु पर्नेछ। धनको उत्तम अवस्थाको लागि शिवको मन्त्रको जप गर्नुहोस्।

धनु राशि 

करियरमा धन वृद्धि हुनेछ। सम्पत्ति लाभको राम्रो योग रहेको छ। ऋण तिर्न र पैसा व्यवस्थापनमा ध्यान दिनुहोस्। धन प्राप्तिको लागि भगवान शिवको मन्त्रको नियमित जप गर्नुहोस्।

मकर राशि 

नोकरी र व्यापारमा प्रगति हुनेछ। जग्गा खरिदबिक्रीको योग रहेको छ । पुरानो ऋण तिर्न बचतमा ध्यान राख्नुहोस्। धन लाभको लागि नियमित पहेंलो वस्तु दान गर्नुहोस्।

प्रकाशित : शनिबार, असोज १५, २०७९२२:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजैबाट घरको ढोकामा राख्नुहोस् यस्ता चीज, सधैँ हुनेछ लक्ष्मीको बास