अक्टोबर महिनालाई ग्रह र नक्षत्रको हिसाबले विशेष मानिएको छ। यो महिना धेरै ठूला ग्रहहरूको स्थितिमा परिवर्तन हुनेछ। ग्रहहरूको चाल परिवर्तनले शुक्रको राशि तुला राशिमा सबैभन्दा बढी प्रभाव पर्नेछ। तुला राशिमा चार ठूला ग्रहको संयोग हुनेछ। ज्योतिषशास्त्रमा चार ग्रहको संयोजनलाई स्टेलियम भनिन्छ।
स्टेलियम गोचर केलाई भनिन्छ?
तीन वा सोभन्दा बढी ग्रह एक राशिमा संयोगमा हुँदा त्यस अवस्थालाई स्टेलियम भनिन्छ।
तुला राशिमा ग्रहहरूको संयोजन
ज्योतिषशास्त्रका अनुसार अक्टोबर महिनामा सूर्य, शुक्र, बुध र केतु ग्रह तुला राशिमा रहनेछन्। तुला राशिमा यी चार ग्रह एकसाथ रहने कारणले सबै १२ राशिमा असर पर्नेछ। अक्टोबर १७ मा सूर्य कन्या राशिबाट तुला राशिमा प्रवेश गर्नेछ। अर्को दिन अर्थात अक्टोबर १८ मा शुक्र पनि यस राशिमा प्रवेश गर्नेछ। ग्रहहरूको राजकुमार बुध अक्टोबर २६ मा तुला राशिमा प्रवेश गर्नेछ। यस राशिमा केतु, शुक्र र सूर्य पहिले देखि नै अवस्थित छन्।
यस्तो अवस्थामा मेष, वृष, मिथुन, कर्कट, सिंह र कन्या राशिका व्यक्तिहरूले यस ग्रहको संयोगबाट सावधानी अपनाउन जरुरी छ। ज्योतिषीहरुका अनुसार ग्रहहरुको मिलनका कारण यी राशि भएकाहरुलाई करियरमा कठिनाइको सामना गर्नु पर्ने हुन्छ। व्यक्तिगत जीवनमा समस्या आउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला।
