नेपाली कांग्रेसमा होला जस्तो छ विद्रोह, गगनले खोले फायर !

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र विद्रोह गर्नुपर्ने अवस्थाको शिर्जना भएको बताएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले पार्टी भित्र विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका हुन्।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली काँग्रेस भित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने समय आएको बताए। धेरै कांग्रेस नेता तथा कार्यकर्या पार्टीमा न्याय भएन भनिरहेको थापाको भनाई छ।

“हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ। आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ। हाम्रो आफ्नै पार्टी भित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ । सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ।”,थापाले भने।

थापाले गठबन्धन निर्वाचन जित्नका लागि मात्र गरिएको आरोप पनि लगाएका छन्। पार्टीभित्र सबैलाई सही ढंगले नहेरिए पार्टीभित्र नयाँ खालको संघर्ष हुने थापाले बताए। युवाहरूको उपस्थितिले आफूहरुको तागत बढेको थापाको भनाई छ।

उनले भने,”पार्टी मात्र सत्ताको हतियार हुनेभयो । केको लागि पार्टीभन्दा जनमत, केको लागि गठबन्धनभन्दा चुनाव जित्नको लागि, यसरी कुनै एउटा पार्टी मात्रै होइन, सबै गठबन्धन गरिरहेका छन्। सबै सिस्टम नै के हुनलाग्यो भने चुनावमय भयो। निर्वाचनदेखि निर्वाचनको गोल चक्कर। यो मात्रै सबै कुरा भयो। हाम्रो आफ्नै पार्टीभित्र अहिले हेर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ। पार्टीमा न्याय भएन भन्नेछ। सन्तुलन भएन, पार्टीभित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ। यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको छ। यसको लागि युवाहरूको उपस्थितिले तागत बढाएको छ। युवाहरूलाई निराश बनाउँदिनँ।”

प्रकाशित : शुक्रबार, असोज १४, २०७९१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दसैँमा आयल निगमका पेट्रोल पम्प खुला हुने ! कुन स्थानका पम्प कहिले खुल्छन् ?