काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। गएको केहि दिन देहि लगातार बढिरहेको सुनको मूल्य आज पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन ९३ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाली बजारमा आज कायम भएको सुनको मूल्य असोज महिनाकै उच्च रहेको छ। महासंघले दिएको जानकारी अनुसार असोज महिना मात्र नभई भदौ २८ गते यताकै महँगो रहेको छ। केहि दिन देखि भैरहेको लगातारको वृद्धिले सुन १७ दिनकै महँगो भएको महासंघले जनाएको छ।
सुनको मूल्य बढेपनि नेपाली बजारमा आज चाँदीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन। महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैंयाँमा कारोबार भइरहेको छ।
