दसैंको शुभकामना दिँदै ज्ञानेन्द्रले भने – सनातनी मूलभूत महिमालाई बिथाेलेर नयाँ नेपाल बन्दैन

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल देशीविदेशीको क्रीडाभूमि भएको जनगुनासो रहेको बताएका छन्। बडादसैंका अवसरमा भिडियोमार्फत् शुभकामना सन्देश जारी गरेका शाहले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिमा ध्यान दिनु देखिएको बताएका छन्।

शाहले नेपाल निरन्तर देशी विदेशीहरूकाे क्रीडाभूमि भयो भन्ने जनगुनासो रहेको उल्लेख गर्दै स्वतन्त्र, सार्वभाैम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिकाे पुन:निर्माणमा ध्यान दिनु पर्ने बताएका छन्।

“नेपाल निरन्तर देशी विदेशीहरूकाे क्रीडाभूमि पनि भयाे भन्ने जनगुनासाे छ। त्यसैले स्वतन्त्र, सार्वभाैम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिकाे पुन:निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेकाे छ।”,शाहले सन्देश मार्फत भनेका छन्।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पदभ्रष्ट तुल्याएको उनको भनाइ छ। राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुन सारा नेपालीलाई शाहको आह्वान छ।

उनले भनेका छन्, ‘सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्रिय प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल।’

प्रकाशित : शुक्रबार, असोज १४, २०७९०८:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

काभ्रेपलाञ्चोकमा आजदेखि टाइम कार्ड लागू, टिपर चलाउन निषेध !