काठमाडौं, नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ ।
तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आकलन महाशाखाले गरेको छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ ।
शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७९ असोज १४ गते (शुक्रबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भुभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
२०७९ असोज १५ गते (शनिबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
२०७९ असोज १६ गते (आईतबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
