कसले भन्यो डाक्टरले नबुझिने मात्र लेख्छन्, यति निट राइटिङ लेखे कि भयो भाइरल !

नयाँ दिल्ली, चिकित्सकहरु उनीहरूको बुझ्न नसकिने हस्तलेखनका लागि परिचित छन्, जुन फार्मासिस्टहरूले मात्र बुझ्छन्। डाक्टरहरूको पे्रस्क्रिप्सनको मजाक बनाउने धेरै मेम्सहरु अनलाइन पोस्ट गरिएका छन् ।

तर, पछिल्ला दिनहरूमा एक असाधारण सफा पे्रस्क्रिप्सनको फोटोले सामाजिक सामाजिक सञ्जालमा आकर्षण प्राप्त गर्दैछ। यो केरलाका डा नितिन नारायणनले लेखेका हुन् र कुनै पनि बिरामीले पढ्न सक्छन् ।

यो तस्बिर गत साता फेसबुकमा बेन्सी एसडीले सेयर गरेपछि भाइरल भएको थियो । नारायणन पलक्कडको सामुदायिक स्वास्थ्य केन्द्र (सीएचसी)मा बाल रोग विशेषज्ञको रूपमा काम गर्छन् ।

डाक्टरले ब्लक लेटरमा लेखेको उक्त पे्रसक्रिप्सन पढ्न धेरैले सजिलो मानेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार डा नारायणन विगत तीन वर्षदेखि सीएचसीमा कार्यरत छन् । उनले बाल्यकालमा राम्रो हस्तलेखनको सीप विकास गरे ।

अध्ययन सकेपछि उनले लेखन शैलीलाई कायम राख्ने प्रयास गरेकाले उनको अक्षर अहिले पनि सुन्दर देखिएको उनी बताउँछन् ।

प्रकाशित : बिहिबार, असोज १३, २०७९१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सेयर बजारका लगानीकर्तालाई भोली देखि विदा, त्यसपछि कहिले खुल्छ ?