यस्ता महिलाले बनाउँछन् पतिको जीवन नै नरक, बर्बाद पारेरै छोड्छन् !

आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा जीवनलाई सुखी बनाउने धेरै उपायको बारेमा बताएका छन् । सुखी पारिवारिक जीवनका लागि चाणक्यको वचन पालन गर्नु लाभदायक हुन्छ। हरेक मानिसको स्वभाव फरक-फरक हुन्छ । सुखी दाम्पत्य जीवनका लागि महिला र पुरुषबिच मेलमिलाप हुनु अत्यन्तै आवश्यक छ । दुई मध्ये एकको स्वभाव मिल्दैन भने मानिसलाई जीवन जिउन गाह्रो हुन्छ । चाणक्यले आफ्नो नीतिमा नारीको स्वभावका बारेमा धेरै कुरा गरेका छन् । चाणक्यका अनुसार यस्तो महिलासँग जीवन बिताउन निकै कठिन हुने बताएका छन् ।

चाणक्यले आफ्नो नीति शास्त्रमा नारीको स्वभावका बारेमा धेरै कुरा बताएका छन् । महिलाको स्वभाव राम्रो नहुने हो भने उसको जीवन कहिल्यै सुखी नहुने उनीहरुको भनाइ छ । यदि श्रीमती दुष्ट छ भने, जीवन जतिसुकै राम्रो किन नहोस्, यस्तो नारीको कारण घर स्वर्ग बन्न सक्दैन। भनिन्छ पतिको सफलतामा श्रीमतीको हात हुन्छ तर श्रीमती दुष्ट भए मानिसको जीवन बरबाद हुन्छ ।

धोकेबाज महिला

चाणक्यले आफ्नो पतिलाई धोका दिने महिलासँग पुरुष कहिल्यै खुसी हुन नसक्ने भन्नु भएको छ । श्रीमानसँग झूट बोल्ने, धोका दिने महिलालाई कुरा नबुझी विवाद गर्न अघि आउने महिलासँग बस्नु मृ:त्यु समान मानिन्छ । यस्तो अवस्थामा यस्ता महिलाहरुबाट टाढा रहनु राम्रो हुन्छ ।

स्वार्थी महिला

चाणक्यका अनुसार स्वार्थी महिलासँग बस्नु पनि निकै साहसी काम हो । त्यस्तै यो भनिन्छ कि सम्बन्धमा दुवै पक्षबाट त्यागको भावना हुनुपर्छ। एक-अर्काको लागि त्याग गरेर मात्रै श्रीमान्–श्रीमतीबीचको प्रेम बढ्छ । तर यो कुरा पतिभन्दा पनि श्रीमतीमा हुनुपर्छ । स्वार्थी नारी सँग जिउनु मर्नु जस्तै हो । यस्तो महिलाले तपाईलाई जुनसुकै बेला समस्यामा पार्न सक्छ।

प्रकाशित : बुधबार, असोज १२, २०७९१३:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो विशेष दिन हुँदै शनिको ठूलो परिवर्तन, यी ५ राशिलाई हुनेछ शुभ !