चीनले फैलाएको मिथ्या चिर्न भन्दै अमेरिकाले पठाउने भयो सहायक विदेशमन्त्री !

काठमाडौं । अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज बुधबार नेपाल भ्रमणमा आउँदै छिन् । उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

गत २७ भदौमा चीनको नेसनल पिपल्स कंगे्रस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल भ्रमण सकेर फर्किएलगतै अमेरिकी सहायक विदेशमन्त्री ट्रडो नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

ट्रडो भ्रमणबारे अमेरिकी विदेशी मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘हाल विभिन्न देशमा फैलिरहेको मिथ्या सूचना भ्रम चिर्न र लोकतान्त्रिक सञ्चारको भूमिका विषय अन्तक्र्रियाका लागि नेपाल आउन लागेको’ उल्लेख छ । नेपालमा रहँदा ट्रडोले राजनीतिक दलका शीर्षनेता र विभिन्न व्यक्तिसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ ।

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास भएपछि अमेरिकी भ्रमण निरन्तर जारी छ । पछिल्लो समय चीनका वरिष्ठ नेताको नेपाल भ्रमणलगतै अमेरिकी उच्च अधिकारीको भ्रमण अर्थपूर्णमा रूपमा हेरिएको छ । उनले नेपाल रहँदा ‘चीन र रुसले फैलाएको मिथ्यापूर्ण सूचनाको कसरी प्रतिवाद गर्ने ?’ भन्ने विषयलाई प्राथमिकतासाथ विभिन्न व्यक्तिसँग छलफल गर्नेछिन् ।

‘नेपालमा एमसीसी परियोजना विषयमा चीनले भ्रमपूर्ण सूचना फैलाएको’ भन्दै अमेरिकाले आरोप लगाएको थियो । तर, एमसीसी विषयमा चीनलाई जोड्नु गलत हुने भन्दै स्वतन्त्र देशमाथि अमेरिकाले हस्तक्षेप गरेको भनी टिप्पणी गरेको थियो । उनले नेपालमा रहँदा रुस र चीनले विश्वमा कसरी भ्रमपूर्ण र मिथ्या सूचना जारी गरिरहेका छन् भन्नेबारे धारणा राख्ने छिन् ।

यसअघि, गत ३० असारमा नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियान सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको बताएका थिए ।

प्रकाशित : बुधबार, असोज १२, २०७९०८:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आठ साता: देखि गठबन्धन बैठकका गठबन्धन, तर नतिजा निस्किएन !