काठमाडौँको यो क्षेत्रमा चङ्गा उडाउन प्रतिवन्ध, उडाए कारवाही ! कहाँ ?

सांकेतिक तस्विर

काठमाडौं,  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चङ्गा उडाउन प्रतिवन्ध लगाएको छ ।

वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थ्ल आसपास चङ्गा उडाउँदा उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले चङ्गा उडाउन प्रतिवन्ध लगाएको हो ।

‘यस्तो कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न–नगराउन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’प्राधिकरणले भनेको छ । सूचनाको अवज्ञा वा अटेर गरी चङ्गा उडाएमा प्रचलित कानुन अनुसार कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।

प्रकाशित : मङ्गलबार, असोज ११, २०७९१९:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खाद्यले तोक्यो खसीबोकाको बिक्री मूल्य ! किलोको कति ?