एजेन्सी : करीना कपूर खान बलिउडको लोकप्रिय अभिनेत्री हुन्। करीना कपूरले धेरै हिट फिल्महरु दिएकी छिन्। करीनाले शाहरुख, आमिर, सलमान खानदेखि अन्य ठुल्ठुला हस्तीहरुसँग फिल्ममा काम गरेकी छिन्।
करीना कपूरले एक वर्षमा १० देखि १२ करोड भारूसम्म कमाउँछिन्।
करीना कपुरले प्रति फिल्म ७ देखि १० करोड भारूसम्म पारिश्रमिक लिन्छिन्।
फिल्मबाहेक करीनाले ब्राण्ड एन्डोर्समेन्ट, रेडियो शो, स्टेज शोबाट पनि कमाइ गर्छिन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार करीना कपूरको नेटवर्थ ४५० करोड भारूको आसपास छ।
मुम्बईमा करीना कपूरको एक महँगो अपार्टमेन्ट रहेको छ, जसको मूल्य करिब ४८ करोड भारू रहेको छ।
करीनाको स्विजरल्याण्डमा पनि घर छ, जसको मूल्य ३३ करोड भारु रहेको छ।
करीनासँग मर्सिडीज बेन्ज एस क्लास, अडी क्यु ७, रेञ्ज रोवर स्पोर्ट्स एसयुभी र लेक्सस एल एक्स ४७० जस्ता गाडीहरु छन्, जसको मूल्य ६ करोडभन्दा बढी पर्न जान्छ।