एजेन्सी- पछिल्लो समयमा बलिउड फिल्म लगातार फ्लप भइरहँदा बलिउड अभिनेता शाहरुख खान अभिनीत चलचित्र ‘जवान’ ले रिलिज नहुँदै ५०० सय करोड भन्दा बढी कमाइ गरेको छ । अहिले अभिनेता शाहरुख खानको ठूलो पर्दामा पुनरागमनको लागि उनका फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन् ।
एक्सन फिल्म ‘जवान’ जसलाई दक्षिण निर्देशक एटलीले निर्देशन गर्दै छन् । फिल्ममा महत्त्वपूर्ण भूमिकाका लागि साउथका चर्चित खलनायक विजय सेतु पति छनोट भएको बताइएको छ ।
निर्देशक एटली कुमारको निर्देशनमा बनेको फिल्म ‘जवान’ आफ्नो ओटीटी र स्याट-लाइट अधिकारका कारण चर्चामा छ । भारतीय मिडियाको रिपोर्टका अनुसार यस यस फिल्मको ओटीटी र स्याटलाइट राइटहरू ठूलो रकममा बेचेको छ। समाचारमा दाबी गरिएको छ कि शाहरुख खानको यो फिल्मको राइ-:ट्स बेचेर नै अहिलेको समयमा रिलिज भइरहेका फिल्मको बजेट जति कमाई गरेका छन् ।
रिपोर्टका अनुसार ‘जवान’ फिल्मको ओटीटी अधिकार ‘नेटफ्लिक्स’ सँग छ। यसबाहेक यसको स्याटलाइट अधिकार ‘जी टिभी’ले खरिद गरेको छ। ‘जवान’ को स्याटलाइट र ओटीटी राइ:-ट्स करिब २५० करोडमा बेचेको रिपोर्टले दाबी गरेको छ ।
फिल्म ‘जवान’ मा शाहरुख खानसँग नयनतारा, सुनील ग्रोवर, विजय सेतु पति र सान्या मल्होत्रा देखिने भएका छन् । फिल्मलाई रे:ड चि:लीज इन्टर:-टेनमेन्टले निर्माण गरेको हो । फिल्म अर्को वर्ष जुन २ मा हलमा रिलिज हुनेछ । यस फिल्ममा शाहरुख खान डबल रोलमा देखिनेछन् । यस बाहेक शाहरुख खानको ‘पठान’ र ‘धुन्की’ फिल्म पनि आगामी समयमा रिलिजको तयारीमा छन् ।