गठबन्धन भारतले जन्माएको खुलासा, मुख्य दोषी माधव र प्रचण्ड !

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको निर्णयको स्वागत गरेका छन्। विदेशी शक्तिको इसारामा पाँचदलीय गठबन्धनले ल्याएको विधेयक रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई जोगाएको बताए।

विदेशीको इसारामा पाँचदलीय गठबन्धन बनेको र विदेशीकै इसारामा नागरिकता विधेयक बनेको सुवालले आरोप लगाए। विदेशीको इसारामा एमसिसी र नागरिकता विधेयक पारित गर्न गठबन्धन बनेको सुवालको भनाई छ।

“नागरिकता विधेयक पारित भएको भए अबको १० वर्षपछि नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता महत्वपूर्ण पदमा ट्रम्प, वाइडेनका सन्तती विराजमान हुने थिए। अनि देशको हालत के हुने थियो”,सुवालले भने।

भारतीय एकाधिकारको योजनाअनुसार पाँचदलीय गठबन्धनको जन्म भएको सुवालले स्पष्ट रुपमा बताए। यसको सबैभन्दा दोषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भएको सुवाल बताउँछन्।

“भारतीय एकाधिकारको योजनाअनुसार पाँचदलीय गठबन्धनको जन्म भएको हो। यसको सबैभन्दा दोषी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हुन्। पाँच वर्षसम्म प्रधानमन्त्री हुन्न भन्ने शेरबहादुर देउवालाई जबर्जस्ती प्रधानमन्त्री बनाउने प्रचण्ड र माधव नेपाल हो। एमसिसी पारित गर्ने र नागरिकता विधेयक ल्याउन तथा देशलाई भुमरीमा फसाउने मुख्य दोषी पनि उहाँहरू नै हो”,सुवालले भने।

प्रकाशित : आइतबार, असोज ०९, २०७९१८:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रियसभा अध्यक्षको आशय – ‘सभामुख सापकोटा पदबाट आउट भइसके’