ज्योतिष शास्त्रको दृष्टिकोणले असोज १६ गते फूलपातीको दिन निकै शुभ मानिन्छ। ज्योतिष शास्त्र अनुसार यस दिन बुध ग्रह कन्या राशिमा प्रवेश गर्दैछ। ज्योतिषशास्त्रका अनुसार मार्गी वा प्रतिगामी हुनु सबै १२ राशिका लागि विशेष हुन्छ। यस्तो अवस्थामा बुध ग्रहको मार्गीका कारण केही राशिका लागि शुभ साबित हुनेछ। जबकि कसैको लागि यो अशुभ हुन सक्छ। आउनुहोस् बुध ग्रहको प्रवेशले कुन राशिमा कस्तो प्रभाव पार्छ भन्ने बारे जान्नुहोस्।
मेष राशि

ज्योतिष शास्त्रका अनुसार यस राशिका व्यक्तिहरूलाई केही समस्या आउन सक्छ। अनावश्यक झगडा हुन सक्छ। केही हदसम्म मानसिक समस्या आउन सक्छ। तर, यस अवधिमा व्यवसाय विस्तार गर्न सकिन्छ। काममा कठिनाइको सामना गर्नु पर्नेछ।
वृष राशि

मानसिक सन्तुष्टि रहनेछ। अभिभावकको सहयोग प्राप्त हुन सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। यस समयमा, कुनै पनि सम्पत्तिबाट लाभ प्राप्त गर्न सकिन्छ। जीवनसाथीको स्वास्थ्यमा गिरावट आउन सक्छ। परिवारमा मान सम्मान मिल्नेछ।
मिथुन राशि

बुधको गोचरका कारण क्रोध बढ्न सक्छ। यस्तो अवस्थामा तपाईंले यस समयमा धैर्यतापूर्वक काम गर्नुपर्नेछ। कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ। स्वास्थ्यमा सजग रहनुपर्छ। मनमा शान्तिको अनुभूति हुनेछ। यसका साथै आत्मविश्वास बलियो रहनेछ। कार्यस्थलमा अधिकारीहरूसँग मतभेद हुन सक्छ। होसियार हुनुपर्छ।
कर्कट राशि

बुध मार्गी हुनु यस राशिका लागि शुभ मानिन्छ। वास्तवमा, यस समयमा भौतिक सुख बढ्न सक्छ। व्यापारमा लाभ हुनेछ। परिवारसँग राम्रो समय बित्नेछ। संगीतमा रुचि बढ्नेछ। राजनीतिमा लागेकालाई विशेष लाभ मिल्नेछ।
सिंह राशि

सिंह राशिका व्यक्तिहरूले कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ। काममा निकै मिहिनेत गर्नुपर्नेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ। तर, यो समयमा परिवारको सहयोग मिल्नेछ। वाहन सुखमा कमी आउन सक्छ। भौतिक सुख प्राप्त गर्न सकिनेछ। सन्तान प्राप्तिको अवसर मिल्नेछ।
कन्या राशि

बुधको गोचरले मानसिक अशान्ति निम्त्याउन सक्छ। यस समयमा क्रोधबाट बच्नुपर्छ। साथीभाइसँग यात्रामा जान सकिनेछ। काममा जिम्मेवारी बढ्न सक्छ। स्वास्थ्यमा सजग रहनुपर्छ। आम्दानीमा कमी आउन सक्छ। व्यवसायमा थप मिहिनेत गर्नुपर्नेछ।
तुला राशि

आत्मविश्वास बलियो हुनेछ। जागिरमा स्थान परिवर्तनको अवसर मिल्नेछ। यस अवधिमा खर्च बढ्न सक्छ। व्यापार व्यवसायमा उन्नतिको सम्भावना छ। अभिभावकबाट धन प्राप्त हुनेछ। कार्यस्थलमा वातावरण अनुकूल रहनेछैन। जसले गर्दा मनमा नकारात्मक भावना आउनेछ।
वृश्चिक राशि

मानसिक शान्तिमा ह्रास आउन सक्छ। घरमा धार्मिक कार्य सम्पन्न हुनेछन्। गहना तथा कपडामा खर्च बढ्नेछ। आलस्यका कारण काम प्रभावित हुनसक्छ। पारिवारिक जीवनमा असन्तुष्टि र निराशा रहनेछ। जीवनसाथीको स्वास्थ्यमा चिन्ता बढ्न सक्छ। सन्तान पक्षबाट शुभ समाचार मिल्नेछ।
धनु राशि

धन सम्पति बढ्नेछ। परिवारका सदस्यहरुसँग मेलमिलाप रहनेछ। काममा अतिरिक्त मिहिनेत लाग्न सक्छ। कार्यस्थलमा थप मेहनत गर्नुपर्नेछ। यस अवधिमा तपाईंले आफ्नो जीवनसाथीको पूर्ण सहयोग प्राप्त गर्नुहुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
मकर राशि
![]()
व्यापार विस्तार हुनसक्छ। मानसिक शान्ति कायम रहनेछ। परिवारमा आमाबुवाको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। दाजुभाइको सहयोग मिल्नेछ। काममा नयाँ जिम्मेवारी पाउन सकिनेछ। यस अवधिमा पारिवारिक जीवन सुखद रहनेछ।
कुम्भ राशि

आलस्यका कारण काम प्रभावित हुनेछ। वार्तालापमा संयमता अपनाउनु राम्रो हुनेछ। साथीभाइबाट आर्थिक सहयोग मिल्नेछ। आम्दानी घट्नेछ र खर्च बढ्नेछ। अनावश्यक तनाव महसुस हुन सक्छ। साथीभाइको सहयोग मिल्नेछ। पिताको सम्पत्तिबाट लाभ मिल्नेछ। स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
मीन राशि

बुधको मार्गीले काममा प्रगतिको सम्भावना छ। जागिर परिवर्तनसँगै तलब बढ्न सक्छ। यात्रा खर्च बढ्नेछ। आम्दानी बढ्नेछ। व्यापार व्यवसायमा राम्रो आर्थिक वृद्धि हुनसक्छ। यो समयमा परिवारबाट टाढा जानु पर्न सक्छ।
