घटस्थापनाको केही घण्टाअघि मात्र ग्रहचक्रमा यस्तो उथलपुथल: कुन राशिमा कस्तो प्रभाव पर्ला ?

नवरात्रि भोलि असोज १० गतेबाट सुरु हुँदैछ। र असोज १० गतेअघि कन्या राशिमा ४ ग्रह विराजमान रहेका छन्। यस समय कन्या राशिमा सूर्य, शुक्र, बुध र चन्द्रमा अवस्थित रहेका छन्। कन्या राशिमा ४ ग्रह रहने भएकाले कतिपय राशिलाई शुभ फल मिल्नेछ भने केही राशिका लागि अशुभ फल मिल्नेछ। सूर्य, बुध, शुक्र र चन्द्रमा कन्या राशिमा बसेमा कुन राशिका मानिसको अवस्था कस्तो रहनेछ भन्ने कुरा जान्नुहोस्।

मेष राशि 

मन प्रसन्न रहनेछ तर कुराकानीमा संयमित रहनुहोस्। धैर्य गर्ने प्रयास गर्नुहोस्। शैक्षिक कार्यमा ध्यान दिनु पर्ने देखिन्छ। थप दौडधुप हुनेछ।

वृष राशि 

मनमा उतारचढाव रहनेछ। मन प्रफुल्लित रहनेछ तर धैर्य गर्ने प्रयास गर्नुहोस्। काममा उन्नतिको अवसर मिल्न सक्छ। सरकारको सहयोग पनि मिल्न सक्छ। माताको सहयोग मिल्नेछ।

मिथुन राशि 

संयमित हुनुहोस्। अनावश्यक क्रोध, झगडा आदिबाट टाढा रहनुहोस्। स्वास्थ्यमा पनि सचेत हुनुहोस्। काममा अधिकारीको सहयोग मिल्नेछ। थप दौडधुप हुनेछ। शैक्षिक कार्यमा अवरोध आउन सक्छ।

कर्कट राशि 

मन अशान्त हुनेछ। आत्म संयमित हुनुहोस्। अत्यधिक क्रोधबाट टाढा रहनुहोस्। परिवारको सहयोग मिल्नेछ। व्यापारमा सुधार आउनेछ। लाभको अवसर मिल्नेछ। काममा परिवर्तनको सम्भावना छ।

सिंह राशि 

मन विचलित हुन सक्छ। आत्म संयमित हुनुहोस्। परिवारसँग धार्मिक यात्राको योजना बन्न सक्छ। साथीभाइको सहयोग पनि मिल्नेछ। थप दौडधुप हुनेछ। काम पनि बढी हुनेछ।

कन्या राशि 

आत्मविश्वास धेरै रहनेछ तर मनमा नकारात्मक विचारले पनि प्रभाव पार्न सक्छ। संयमित हुन प्रयास गर्नुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। शैक्षिक कार्यमा सफलता मिल्नेछ।

तुला राशि 

मनमा आशा र निराशाको भावना आउन सक्छ। मनमा नकारात्मक विचार आउनसक्छ। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। कार्यक्षेत्रमा कामको बोझ बढ्न सक्छ।

वृश्चिक राशि 

मन शान्त रहनेछ तर आत्मविश्वासको कमी हुन सक्छ। आम्दानीको कमी र उच्च खर्चको स्थितिले सताउन सक्छ। साथीभाइको सहयोगले आम्दानीको साधन बन्न सक्छ।

धनु राशि 

मन प्रफुल्लित रहनेछ तर आत्मविश्वासको कमी हुनेछ। पारिवारिक जीवन कष्टकर हुन सक्छ। बुवाको सहयोग मिल्नेछ। व्यापारमा कठिनाइ आउन सक्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ।

मकर राशि 

साताको प्रारम्भमा बोलीमा मिठास आउनेछ तर धैर्यता कायम राख्ने प्रयास गर्नुहोला। शैक्षिक कार्यमा सफलता मिल्नेछ। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला।

कुम्भ राशि 

आत्मविश्वास धेरै हुनेछ, तर अति जोसिलो हुनबाट जोगिनुहोस्। पुरानो साथीसँग फेरि भेटघाट गर्न सकिनेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ।

मीन राशि 

आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। शैक्षिक तथा बौद्धिक कार्यमा रुचि बढ्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। परिवारमा सुख शान्ति छाउनेछ।

प्रकाशित : आइतबार, असोज ०९, २०७९१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलिबाट सुरु हुने नवारात्रिका हरेक दिन गर्नुहोस् यस्तो उपाय: हुनेछ धनको वर्षात !