काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा विरुद्ध लागेको महाभियोग स्वत: निस्क्रिय भइसकेको दावी गरेका छन्। आइतबार विराटनगरस्थित काेइराला निवासमा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा कोइरालाले जबरा विरुद्ध लागेको महाभियोग निस्क्रिय भइसकेको दावी गरेका हुन्।
महाभियाेग लगाउने सांसदहरूकाे पदावधि समाप्त भइसकेकाे अवस्थामा महाभियाेग स्वत: निस्क्रिय भइसकेको कोइरालाले बताए। सदनमा ल्याएकाे विधेयक सांसदकाे पदावधि समाप्त भएपछि निष्क्रिय भएजस्तै महाअभियाेग पनि निष्क्रिय भएको कोइरालाको भनाई छ।
“महाभियाेग लगाउने सांसदहरूकाे पदावधि समाप्त भइसकेकाे अवस्थामा महाभियाेग स्वत: निस्क्रिय भएकाे छ। सदनमा ल्याएकाे विधेयक सांसदकाे पदावधि समाप्त भएपछि निष्क्रिय भएजस्तै महाअभियाेग पनि निष्क्रिय भएकाे हाे ।”,कोइरालाले भने।
कोइरालाले जबरालाई सर्वोच्च जानबाट रोक्न नमिल्ने पनि बताएका छन्। कोइरालाका अनुसार सरकारले जबरालाई नजरबन्दमा राख्नु गलत हो। सरकारको सो कदमको उनले विरोध गरे।