काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले नेपालमा समाजवाद स्थापित गर्नका लागि नयाँ खालको जनयुद्धको आवश्यकता रहेको बताएका हुन्।
काठमाडौंमा आज आयोजित एक शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले पुरानो खालको जनयुद्ध सम्भव नभएको उल्लेख गर्दै नयाँ खालको जनयुद्ध गर्ने बताए। समाजवादको २१ औं शताब्दीको नयाँ मोडेल पत्ता लगाउने प्रचण्डको भनाई छ। समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने कुरा बबुरा भट्टराई र आफूलाई लागिरहेको प्रचण्डले दावी गरे।
“बाबुरामजी मैले नै जनयुद्धमा जाने निर्णयको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्यो। अहिले फेरी समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं।”,प्रचण्डले भने।
बाबुराम र आफूले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ जनयुद्धमा जाने निष्कर्ष निकालेको प्रचण्डले खुलासा गरे। प्रचण्डले बाबुराम र माओवादी निर्वाचनका लागि एक स्थानमा उभिएको उल्लेख गर्दै आफूहरु त्यतिमा सिमित नहुने प्रचण्डले बताए।
उनले भने,”समाजवादका लागि नयाँ जनयुद्ध पुरानो खालको होइन, त्यो किसिमको सम्भव पनि छैन् । त्यो गर्ने समीक्षा गरेका छौं ।हुन त अहिले चुनावमा मिलेर जाने, यौटै चुनाव चिन्हमा लड्ने भनेर भनेका छौं । तर हामी त्यत्तिमै सीमित हुँदैनौं । चुनावभन्दा माथि उठेर देशको समृद्धिको र विकासको नयाँ वाहक बन्ने टिम बनाउने निष्कर्षमा पुगेका छौं”