एजेन्सी- बलिउडकी चर्चित अभिनेत्री तब्बु पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘भूल भुलैया २’ मा देखिएकी थिइन् । फिल्ममा उनको दोहोरो भूमिका थियो र उनले दुवै राम्रो खेलेका थिए । यो फिल्म बक्स अफिसमा सफल साबित भयो । फिल्मले कमाइले धेरै रेकर्ड तोडेको थियो । यससँगै यो फिल्म ओटी-टीमा पनि रिलिज भएको थियो, जहाँ यसलाई निकै रुचाइएको थियो । हालै एक अन्तर्वार्ताका क्रममा अभिनेत्रीले आफ्नो सुन्दरताको बारेमा कुरा गरेकी छिन् र एउटा रमाइलो कहानी पनि सेयर गरेकी छिन् ।
एक अन्तर्वार्तामा जब तब्बुलाई उनको सौन्दर्यको रहस्य सोधिएको थियो, उनले भनिन्, ‘यसमा कुनै रहस्य छैन । मेरो मेक-अप आर्टि:स्ट मिताली भन्छिन्, तपाईको छाला राम्रो देखिएको छ केही घरेलु उपाय अपनाउनुभएको छ ?
म उसको प्रश्नको जवाफमा कहिले कफी पिउँदै हुम गर्छु र कहिले विभिन्न बहाना बनाउँछु। फेरी उनी मलाई भन्छिन् तपाईंले यो क्रिम लगाउनुस् र त्यसपछि उनले ५० हजार रुपैयाँको क्रिम लगाउन मलाई सुझाव दिन्छिन् । त्यस समयमा एकचोटि किने अब कहिल्यै किन्दिन ।’
अभिनेत्री तब्बु विगत ३ दशकदेखि बलिउड क्षेत्रमा आफ्नो अभिनय कौशल देखाउँदै आएकी छिन् । अभिनेत्री ४ नोभेम्बर १९७१ मा हैदराबादी मुस्लिम परिवारमा जन्मेकी तब्बुले एकभन्दा बढी सुप:रहिट फिल्ममा काम गरिसकेकी छिन् ।