प्रचण्ड भन्छन्- ‘नेपालमा शान्ति युद्धले ल्याएको हो, हामीले ल्याएका हौँ’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्धले शान्ति ल्याएको दावी गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले युद्धले नेपालमा शान्ति ल्याएको दावी गरेका हुन्।

आफूहरुमा शान्तिप्रतिको लगाव र निष्ठा नभएको भन्ने बुझाई गलत रहेको प्रचण्डले बताए। युद्ध लडेकाहरुले नै शान्तिको बढी महत्व बुज्ने प्रचण्डले दावी गरे। आफूहरु शान्ति प्रेमि भएकै कारण शान्तिप्रक्रियाको सम्झौता भएको प्रचण्डको भनाई छ।

“युद्धमा पनि हामी यस्तै थियौँ। अहिले पनि हामी मानवता, लोकतन्त्र, परिवर्तन, न्याय, समानताप्रति हाम्रो उद्देश्य उस्तै छ। युद्ध एउटा परिस्थितिको बाध्यता थियो। त्यो बाध्यताको उपज थियो। तर त्यसको सञ्चालन गर्ने हामीभित्र शान्तिप्रतिको लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव थिएन। युद्धमा सहभागीहरूले नै शान्तिको महत्व सबभन्दा बढी बुझेका हुन्छन्।”,प्रचण्डले भने।

माओवादी अहिले पनि उस्तै पाे छ क्यारे भन्ने भ्रम जनतामा रहेको पनि प्रचण्डले बताए। शान्ति–सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयता। अहिले यसलाई टुंग्याउनको लागि लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ आफूहरु लागेका कारण सबैले सो भ्रम हटाउनुपर्ने प्रचण्डको भनाई छ।

उनले भने,”अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेजस्तो। शान्ति–सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयता। अहिले यसलाई टुंग्याउनको लागि लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ हामी लागिरहेका छौँ। यो विभ्रम हामी दिमागबाट अटाइदिऔँ। युद्धले शान्ति ल्याएको छ नेपालमा। माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ।”

प्रकाशित : बिहिबार, असोज ०६, २०७९१९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“गठबन्धनले बिहे गरेर नेपाल आउनेहरूलाई प्राथमिकतामा राख्यो, यो राष्ट्रहितमा छैन”