सामन्था रुथ प्रभु फेरि विवाह गर्दै ?

एजेन्सी- दक्षिण भारतीय चलचित्र क्षेत्रको चर्चित अभिनेत्री सामन्था रुथ प्रभु यति बेला आफ्ना केही आगामी परियोजनामा व्यस्त छिन् तर यति बेला अभिनेत्री आफ्नो आगामी फिल्मका लागि नभई दोस्रो विवाहका कारण चर्चामा छिन् । भारतीय सञ्चार माध्यममा सार्वजनिक खबर अनुसार अभिनेत्री पुन एक पटक बिहे गर्न राजी भएकी छिन् ।

अभिनेत्री लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा भए पनि उनीसँग सम्बन्धित समाचार उनका फ्यानहरु पर्खिरहेका हुन्छन् । केही समयअघि अभिनेत्री निकै बिरामी भएको खबर आएको थियो, त्यसपछि उनको समर्थकले यी सबै खबरको खण्डन गरेको थियो ।

बिरामी भएको खबरपछि अभिनेत्रीले सामाजिक सञ्जालमा फर्केकी छैनन् तर उनको दोस्रो विवाहको खबरका बिच उनका फ्यानहरु यो खबरमा कति सत्यता छ भन्ने जान्न उत्सुक भएका छन् ।

खबर अनुसार उनले सन् २०१७ मा साउथ स्टार नागा चैतन्यसँग विवाह गरे र २०२१ मा दुवैले अलग हुने निर्णय गरे । उनको सम्बन्ध विच्छेदबाट अभिनेत्री नराम्ररी टुटेकी थिइन् । अभिनेत्रीका गुरु सद्गुरु जगदीश वासुदेवले उनलाई अहिले दोस्रो विवाह गर्न सल्लहा दिएका छन् । यही कारण मानिसहरु अभिनेत्रीले दोस्रो विवाह गर्न लागेकी हुन् भन्ने अनुमान गरिरहेका छन् ।

अहिले अभिनेत्रीको उनको कामको कुरा गर्ने हो भने उनीसँग अहिले दुई वटा प्रोजेक्ट छन्, जसमा काम भइरहेको छ । यससँगै उनी छिट्टै बलिउडमा डेब्यू पनि गर्न लागेकी छिन्, जसका लागि उनका फ्यानहरु निकै उत्साहित छन् ।

प्रकाशित : बिहिबार, असोज ०६, २०७९१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रह्मास्त्रका लागि रणवीरले गरे यति ठूलो त्याग, लिएनन् एक पैसा !