कमेडी भूमिकामा सबैले रुचाएको अभिनेता तथा कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् । प्राय: सामाजिक सञ्जालमा उनलाई विवाहको बारेमा धेरै प्रश्न आउने गरेकोमा अभिनेताले त्यो समय आउन बाँकी रहेको बताउँदै आएका थिए । सामाजिक सञ्जालमा ‘हैट’ थेगोबाट चर्चामा आउन सफल बुद्धि भोलि विवाह बन्धनमा बाँधिने भएका हुन् ।

स्रोतका अनुसार बुद्धिको भोलि भक्तपुर को एक पार्टी प्यालेसमा विवाह हुन् लागेको बताएको छ । बुद्धिलाई उनलाई प्रेम सम्बन्धमा हुनुहुन्छ भनेर प्रश्न गर्दा उनले आफू प्रेम सम्बन्धमा नरहेको बताउँदै आएका थिए ।

अहिले बुद्धिका निकट कलाकारले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार उनले मागी विवाह गर्न लागेको बताएको छ । बुद्धि नेपाली चलचित्र क्षेत्रका यस्ता कलाकार हुन् उनलाई अहिलेको समयमा कुनै परिचयको आवश्यक छैन । उनले अहिलेसम्म थुप्रै सफल चलचित्रमा अभिनय गरिसकेका छन् ।