धनको कारक शुक्र ग्रहले पर्सी असोज ८ गते, शनिबार राशि परिवर्तन गर्नेछ। यस दिन शुक्र कन्या राशिमा प्रवेश गर्नेछ। ग्रहहरूको राजा सूर्य यस राशिमा पहिले नै छ। असोज ८ गते ९:३० बजे शुक्र कन्या राशिमा प्रवेश गर्नेछ। यसपछि कार्तिक १ मा शुक्रले तुला राशिमा प्रवेश गर्नेछ। ज्योतिषीय हिसाबले कन्या राशिमा शुक्र परिवर्तन हुनु धेरै राशिका लागि निकै लाभदायक मानिन्छ।
वृष राशि

शुक्र वृष राशिको शासक ग्रह हो। वृष राशिका मानिसहरूले शुक्र ग्रह कन्या राशिमा प्रवेश गर्दा लाभ मिल्नेछ। यस समयमा पारिवारिक समस्याबाट मुक्ति मिल्नेछ। आर्थिक उन्नतिको सम्भावना रहनेछ। करियरमा नयाँ उपलब्धि हासिल गर्न सकिनेछ। मान-सम्मानमा वृद्धि हुनेछ।
कर्कट राशि

कर्कट राशिका लागि शुक्र गोचर लाभदायक मानिन्छ। यस अवधिमा तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। काममा उन्नतिको सम्भावना छ। ऋण सम्बन्धि समस्याबाट मुक्ति मिल्नेछ। कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुन सक्छ।
सिंह राशि

सिंह राशिका व्यक्तिहरूले काम र व्यवसायमा ठूलो सफलता हात पार्न सक्छन्। शुक्र राशि परिवर्तन सिंह राशिका लागि वरदान भन्दा कम हुने छैन। तपाईंको अधुरा काम यस अवधिमा पूरा हुनेछ। घरजग्गामा लगानी गर्न समय अनुकूल रहनेछ। भाग्यले साथ दिनेछ।
वृश्चिक राशि

वृश्चिक राशिका लागि शुक्रको गोचर लाभदायी साबित हुन सक्छ। शुक्र तपाईंको राशिफलको कार्यस्थल र जागिर गृहमा प्रवेश गर्नेछ, जसबाट तपाईंलाई फाइदा हुनेछ। यस अवधिमा नोकरीमा पदोन्नति र आम्दानीमा वृद्धि हुनेछ।
