एजेन्सी- आज हामी बलिउड क्षेत्रका यस्ता जोडीको बारेमा बताउने छौँ । जो आफ्नो श्रीमाको पहिलो विवाहमा कति वर्षका थिए । त्यस्तैमा एक चर्चित जोडी हो । करिना कपूर र सैफ अली- सैफ अलि खान र अमृता सिंहको विवाह सन् १९९१ मा भएको थियो जुन समयमा करीना कपुर बाल्य अवस्थामा थिइन्, तर करिना मात्र होइन, अन्य धेरै अभिनेत्रीहरु पनि छन् जसले पहिल्यै विवाहित पुरुषसँग विवाह गरेका थिए, तर जब उनीहरुको पहिलो विवाह भयो तब यो अभिनेत्री निकै साना थिए ।
करीना कपूर: करीना कपूर पनि सैफ र अमृताको विवाहमा सहभागी हुन् गएकी थिइन् र त्यति बेला उनी ११ वर्षकी मात्र थिइन्, तब कसलाई थाहा थियो कि २२ वर्षपछि उनको जीवन यसरी मोडिनेछ । अमृता सैफको सन् २००४ मा डिभोर्स भयो भने सैफले २०१२ मा करिना कपुरसँग विवाह गरेका थिए ।
मान्यता दत्तः सञ्जय दत्तले मान्यता दत्तसँग तेस्रो विवाह गर्नुअघि अभिनेताले थप २ विवाह गरेका थिए । पहिलो विवाह सन् १९८७ मा ऋचा शर्मासँग भएको थियो । त्यति बेला मान्यता ९ वर्षकी मात्र थिइन् । तर उनको सञ्जय दत्तसँग भेट भयो र दुवैको विवाह हुने तय भयो।
हेमा मालिनी: जब हेमा मालिनी र धर्मेन्द्र प्रेममा परे, उनीहरूले कुनै कुराको वास्ता गरेनन्। न उमेर न धर्म। धर्मेन्द्र विवाह गरेर पिता पनि बनिसकेको अवस्थामा पनि हेमा र धेर्मेद्र प्रेममा परे तर के सबैलाई थाहा छैन होला धर्मेन्द्रको पहिलो विवाहका बेला हेमा मालिनी ६ वर्षकी मात्र थिइन् ।