तस्बिरमा देखिएकी यी बच्चीलाई चिन्नु भयो ? अहिले बलिउडको शीर्ष स्थानमा छिन् !

पछिल्लो समयमा बलिउडका अभिनेता तथा अभिनेत्रीको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुने क्रम बढेको छ । त्यस्तै अहिले एक बलिउड अभिनेत्रीको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिरमा देखिएकी यो कुन अभिनेत्रीको बाल्यकालको तस्बिर हो भन्न सक्नुहुन्छ ? अहिलेको समयमा यी अभिनेत्री बलिउडकी ग्ल्या:-मरस र उत्कृष्ट अभिनेत्री मध्ये एक हुन्। सन् २००९ मा आफ्नो करियर सुरु गरेकी यी अभिनेत्रीले आज १३ वर्षमा बलिउडकी शीर्ष अभिनेत्री मध्ये एक हुन् ।

तस्बिरमा देखिएको अभिनेत्री ज्याकलिन फर्नान्डिज हुन् । ज्याकलिनले सन् २००९ मा फिल्म ‘अलादीन’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

ज्याकलिनको पहिलो फिल्म खासै चलेन तर पछि उनले २०२० मा फिल्म ‘जाने कहाँ से आई’ मा काम गरिन् र त्यसपछि त्यही वर्ष हाउसफुल फिल्ममा ‘धन्नो’ गीतमा आइटम डान्स दिइन् जुन निकै हि:ट भयो । यसपछि ज्याकलिनले निकै लोकप्रियता पाइन् र त्यसपछि उनले मर्डर २, हाउसफुल २, रेस २ र किक जस्ता हिट फिल्म काम गरेकी छिन् ।


ज्याकलिनका २ ठूला फिल्म रिलिजको प्रतीक्षामा छन् । उनी ‘राम सेतु’ र ‘सर्कस’ मा देखिने भएकी छिन् । राम सेतुमा अक्षय कुमार, ज्याकलिन र नुसरत भरुचा मुख्य भूमिकामा छन् । सर्कसमा उनी रणवीर सिंह र पूजा हेगडेसँगै देखिनेछन् ।

प्रकाशित : बुधबार, असोज ०५, २०७९११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिरकै भाइलाई मन परेन ‘लाल सिंह चढ्ढा’ !