काठमाडौँ महानगरले भन्यो – ‘अनुमति बिना डिजिटल बोर्ड र विज्ञापन राखिए हटाइन्छ’

काठमाडौं,  काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।

‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न÷नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न/नगराउन महानगरपालिकाको आग्रह छ ।

प्रकाशित : बुधबार, असोज ०५, २०७९०९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ