काठमाडौँ – एकपछि अर्को गर्दै सफलता हासिल गर्र्दै नेपाली क्रिकेट जगत्बाट उदाएरअन्तर्राष्ट्रिय ‘प्लेटफर्म’ मा पहिचान बनाइरहेका सन्दिपमाथि पछिल्लो समय बालिका बलात्कारगरेको गम्भीरआरोप लागेको छ। यो आरोप पुष्टि भए उनको क्रिकेट जीवनमा ‘पूर्णविराम’ लाग्ने जोखिम छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
आठ वर्षअघि नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके नेपाली क्रिकेटका लागि नयाँ प्रतिभा खोजिरहेका थिए। त्यसक्रममा उनको यात्रा चितवन पुगेको थियो; जहाँ ‘ट्यालेन्ट हन्ट’ नामक प्रतियोगिता भइरहेको थियो। त्यही प्रतियोगितामा सहभागी १४ वर्षीय एक किशोरको बलिङ कलाले पुबुदुको ध्यान तान्यो। ती किशोरथिए– सन्दिप लामिछाने।
सन्दिप उतिबेला राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान राजु खड्काले खोलेको चितवन क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका थिए। त्यहाँ उनी साथीहरूकै लहलहैमा लागेरपुगेको जानकारहरू बताउने गर्छन्। पुबुदुको नजरमा परेपछि नै सन्दिपको क्रिकेट करियरको ‘सूत्रपात’ भएको हो। त्यसपछि उनको क्रिकेट यात्राले गति लियो। तत्कालै पुबुदुले उनलाई राष्ट्रिय टिमको क्याम्पमा राखेरप्रशिक्षण दिन थालेका थिए।
त्यही क्रममा सन्दिपले सन् २०१६ मा भएको अन्डर१९ विश्वकप क्रिकेट खेल्ने मौका पाए। उक्त प्रतियोगितामा उनका लागि अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउने माध्यम बन्न पुग्यो; जहाँ उनले गरेको प्रदर्शनले उल्लेख्य चर्चा बटुल्यो; जहाँ उनले आयरल्यान्डविरुद्धको खेलमा ह्याट्रिकसहित पाँच विकेट लिएका थिए।
सोही प्रदर्शनबाट प्रभावित भएरअस्ट्रेलियाली क्रिकेट टिमका पूर्वकप्तान माइकल क्लार्कले उनलाई आफ्नो देश बोलाएरप्रशिक्षणको मौका दिए। क्लार्क त्यतिमै रोकिएनन्। उनले अन्तर्राष्ट्रिय स्तरका चर्चित ‘फ्रेन्चाइजी लिग’ मा पनि सन्दिपको पदार्पणका लागि ढोका ढक्ढक्याइदिए। क्लार्ककै सिफारिसमा विश्वको सबैभन्दा सर्वाधिक ठूलो फ्रेन्चाइजी इन्डियन प्रिमियरलिग (आइपिएल) अन्तर्गत सन् २०१८ मा सन्दिपले पहिलोपटक खेल्ने मौका पाए; जुन लिगमा खेल्ने सन्दिप हालसम्म नेपालका एक्ला खेलाडी हुन्।
त्यतिबेला अस्ट्रेलियाली क्रिकेट टिमकै पूर्वकप्तान रिक्की पोन्टिङ आइपिएलको दिल्ली डेयरडेभिल्स टिमको ‘हेड कोच’ थिए। उनले क्लार्कको कुरा सुने रसन्दिपलाई आफ्नो टिममा लिए। सोही लिगमा सन्दिपले लगातारतीन वर्ष खेल्ने मौका पाए।
त्यसपछि सन्दिपले विश्वका अस्टे«लियाको बिगब्यास, पाकिस्तानको पिसिएल, वेस्ट–इन्डिजको सिपिएलजस्ता ठूला रमहँगा फ्रेन्चाइजी लिगसम्म खेल्ने मौका पाउँदै आएका छन्। यसैक्रममा उनले अन्य मुलुकमा सञ्चालन हुने थप फ्रेन्चाइजी लिग खेल्ने मौका पनि पाउँदै आएका छन्। यस्तै ‘आइसिसी विश्व– ११’ बाट पनि खेलिसकेका छन्।
नेपाली राष्ट्रिय टिमबाट खेलेरपनि सन्दिपले तमाम रेकर्ड बनाएका छन्। अन्तर्राष्ट्रिय एकदिवसीय रटी– २० मा उनी विश्वका सर्वोत्कृष्ट स्ट्राइकरेट भएका बलरहुन्। यस्तै लगातारतीन एकदिवसीय म्याचमा ४÷४ विकेट लिने खेलाडीको रेकर्ड पनि उनको नाममा छ।