काठमाडौँ – आठौँ संविधान दिवस स्वदेश र विदेशमा सोमबार विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाइँदैछ। संविधान जारी भएको सात वर्ष वर्ष पूरा भएर आठ वर्ष लागेको अवसरमा सोमबार संविधान दिवस मनाउन लागिएको हो ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात् गरेको छ।जनताको हितका खातिर संविधानमा मौलिक हकका रुपमा अनेकौँ प्रावधान राखिएको छ। नेपालको संविधानले मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तहको राज्यसमयन्त्र सुनिश्चिता गरेको छ।
निर्वाचनका माध्यमद्वारा तीन तहका सरकार कार्यान्वयनमा गएसँगै जनताले सिंहदरबारको अधिकार घरदैलोबाटै प्राप्त गरेको अनुभूति गरिरहेका छन्।लोकतन्त्र स्थापनाको ठूलो सङ्घर्ष गरी योगदान पुर्याएका राजनीतिक नेतृत्वलाई संविधान दिवसले मुलुक र जनताका पक्षमा ठिक निर्णय गर्दै अघि बढ्न संविधान दिवसले प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
संविधान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना हुँदैछन्। सरकारल सोमबार संविधान दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ।