सांसद बन्न नपाउने भएपछि आग्रहरि एमाले प्रवेश !

काठमाडौं, प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन् । सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् । जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएकाे छ ।

प्रकाशित : आइतबार, असोज ०२, २०७९१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आकस्मिक लाइसेन्सका लागि अनलाइन आवेदन खुल्यो !