छोरा उता विदेशमा बिते, बुहारी क्षतिपूर्तिको सत्ताइस लाख लिएर ‘टाप’ कसेपछि बिचल्ली !

बारा, विदेशमा छोराको मृत्युपछि पाउने अनुदानको २७ लाख रुपियाँ लिएर बुहारीले अर्को बिहे गरेपछि एक परिवार बिचल्लीमा परेका छन्। बाराको आदर्श कोतवाल गाउँपालिका–८, कोतवाली टोल बस्ने २१ वर्षीया बुहारी रिन्कुदेवी साहले सो रकम लिएर भारतको बिहार राज्य घोडासहन थाना अठमुहान गाउँ पञ्चायतमा अर्को (दोस्रो) बिहे गरेको उनका ससुरा ७२ वर्षीय झापस साह कानुले बताउनुभएको छ। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

छोरा त्रिलोकी साह मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने क्रममा करेन्ट लागेर अचानक मृत्यु भएपछि कम्पनीबाट पाउने क्षतिपूर्ति (अनुदान)को रकम २७ लाख लिएर बुहारी रिन्कुदेवी फरार भएकी थिइन्। छ वर्षीय नातिनी र चार वर्षे नातीलाई छोडेर बुहारी फरार भई अर्को बिहे गरेपछि आपूmहरू बिचल्लीमा परेको झापसले बताउनुभयो।

छ, सात वर्षअगाडि छोरा त्रिलोकी साहको रौतहटको मौलापुर नगरपालिका–५, पतौरा टोल बस्ने २१ वर्षीया रिन्कु देवीसँग मागी विवाह भएको थियो। छोरा त्रिलोकीले गाउँबाट ऋण लिएर कामको सिलसिलामा मलेसिया गएका थिए। छोराले लिएको ऋणको पैसा कसरी तिर्ने भन्ने समस्या तथा नातिनी र नातीको गुजारा चलाउन आपूm असक्षम रहेको अवस्थामा यति ठूलो रकम लिएर बुहारी रिन्कु देवीले अर्को बिहे गरेपछि सो रकम फिर्तासहित नातिनी÷नातीको गुजारा चलाउन न्यायको लागि बारा जिल्ला अदालतमा आरोपपत्र दायर गरेको झापस साह कानुले बताउनुभयो।

धनमाल फिर्ता पाउन रिन्कुसहितको उनका बुवा भगवान् साह कानुमाथि २०७८ कातिक १२ गते अदालतमा मुद्दा दायर गरी न्यायको प्रतिक्षामा आपूm रहेको झापस साहले जानकारी दिनुभयो।

प्रकाशित : शनिबार, असोज ०१, २०७९०८:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल, अवरोधमा बन्यो रेकर्ड पनि !