शास्त्रमा ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधनालाई निकै शुभ मानिएको छ। तर लक्ष्मी जी धेरै चंचल छिन् र उहाँलाई प्रसन्न पार्नका लागि ज्योतिषमा केही कार्यहरू बताइएका छन्। जुन घरमा दिनहुँ यी ३ काम गरिन्छ, त्यहाँ माता लक्ष्मीको वास हुन्छ भन्ने मान्यता रहेको छ। माता लक्ष्मीको प्रसन्नताले धन,समृद्धि, सुख, वैभवको कमी कहिल्यै हुँदैन। आउनुहोस् जानौं ती तीन कार्यको बारेमा….
पहिलो कार्य:
ज्योतिष शास्त्रका अनुसार जुन घरमा सदैव प्रेम, शान्ति र सुख हुन्छ, त्यही घरमा लक्ष्मीको वास हुने विश्वास गरिन्छ। हरेक बिहान नुहाएर सफा लुगा लगाउनुहोस्। यसपछि विधि अनुसार भगवान विष्णु र लक्ष्मी माताको पूजा गर्नुहोस्। पूजामा लक्ष्मीजीलाई कमलको फूल चढाउनुहोस्। यसपछि निष्कपट मनले ‘श्रीसुक्त जी’ को पाठ गर्नुहोस्। यो उपायले घरमा कहिल्यै धनको कमी नहुने विश्वास गरिन्छ।
दोस्रो कार्य:
हरेक बिहान नुहाएर घरको मुख्य प्रवेशद्वारमा शुद्ध जल छर्कने गर्नुहोस्। त्यसपछि बेसार, सिन्दुर र कसरीको घोलले ढोकामा स्वस्तिक बनाउनुहोस्। यसो गर्दा घरको नकारात्मक उर्जा नष्ट हुन्छ र परिवारमा सुख र समृद्धि कायम रहन्छ।
तेस्रो कार्य:
जुन घरमा ठूला, बालबालिका र जेष्ठ नागरिकले सबै अन्नको सम्मान गर्छन्, जहाँ झगडा हुँदैन, त्यस घरमा सकारात्मक उर्जा रहन्छ र माता लक्ष्मीको कृपा प्राप्त हुन्छ भन्ने विश्वास छ। त्यसैगरी जसको घरमा महिलाले दिनहुँ पूजा गरेपछि चुलोको पनि पूजा गर्ने गर्छन्, त्यहाँ कहिल्यै धन र भोजनको कमी हुँदैन।
