नवरात्रिमा भुलेर पनि गर्नु हुँदैन यस्ता कार्य: ध्यान राख्नुहोस् !

नवरात्रिको नौ दिनमा माता दुर्गाका नौ रुपको पूजा आराधना गरिन्छ। पूजा गर्दा धेरै कुरामा ध्यान दिनुपर्छ। नवरात्रिमा दुर्गा माताको पूजा–आराधना गरी व्रत राख्दा जीवनमा सुख शान्ति प्राप्त हुने र माता रानीको कृपाले सबै मनोकामना पूरा हुने जनविश्वास रहेको छ। यससँगै नवरात्रिको व्रत बस्नेहरूका लागि केही विशेष नियमहरू पनि बताइएका छन्, जसअन्तर्गत केही कामलाई निषेध गरिएको छ। यस्तो अवस्थामा देवी दुर्गालाई प्रसन्न पार्न नवरात्रिमा कुन-कुन काम गर्नु अशुभ मानिन्छ, आउनुहोस् जानौं।

पूजा गर्दा उठ्नु हुँदैन 

ज्योतिषशास्त्रका अनुसार पूजामा कुनै पनि मन्त्र, चालिसा र दुर्गा सप्तशती पढ्दा बीचमा कसैसँग बोल्नु हुँदैन र अन्य काममा उठ्नु हुँदैन। यसो गर्दा तपाईंको पूजाको उचित फल प्राप्त हुँदैन र तपाईंको वरिपरि नकारात्मक ऊर्जाको प्रभाव बढ्छ भन्ने मान्यता रहेको छ।

सरसफाइमा विशेष ध्यान दिनुहोस् 

नवरात्रिको समयमा माताको पूजास्थल, मन्दिरलगायत सरसफाइमा विशेष ध्यान दिनुपर्छ। नौ दिनसम्म हरेक बिहान बिहान नुहाएर सफा लुगा लगाएर मात्र पूजास्थलमा जानुपर्छ।

छालाको बेल्ट वा अन्य चीजहरू नलगाउनुहोस् 

शास्त्रमा पूजाको समयमा छालाबाट बनेको कुनै पनि वस्तु लगाउन निषेध गरिएको छ। त्यसैले माता दुर्गाको पूजा गर्दा वा नवरात्री व्रत बस्दा छालाको कुनै सामान लगाएर पूजा कोठामा जानु हुँदैन भन्ने कुरामा ध्यान दिनुस्।

दिनमा सुत्नु हुँदैन 

विष्णु पुराणका अनुसार नवरात्रि व्रतमा दिनमा सुत्न निषेध गरिएको छ। व्रत बस्नेले नवरात्रीका दिनमा पूजाआजा बाहेक खाली समयमा भजन–कीर्तन गर्दा शुभ मानिन्छ।

प्याज, लसुन नखानुहोस् 

धार्मिक मान्यता अनुसार नवरात्रिमा प्याज, लसुन र मांसाहारी खाना खान नहुने र घरमा बनाउनु पनि हुँदैन। नवरात्रिको नौ दिनमा सात्विक भोजन मात्र सेवन गर्नुहोस्।

नङ र दाह्री-जुँगा का-ट्नु हुँदैन  

शास्त्र अनुसार नवरात्रिको नौ दिनसम्म दाह्री, जुँगा, कपाल, नङ का-ट्नु हुँदैन।

प्रकाशित : शुक्रबार, भदौ ३१, २०७९१२:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता घरमा सधैं हुन्छ माता लक्ष्मीको बास: आजैबाट ध्यान राख्नुहोस् यी ३ कुरा !