वैदिक ज्योतिषमा ग्रहहरूको चालको विशेष महत्व छ। ग्रह र नक्षत्रहरूको चालले सबै १२ राशिमा प्रभाव पार्छ। ग्रहहरूको चालका कारण कतिपय राशिलाई शुभ फल मिल्छ भने कतिपय राशिले अशुभ फल प्राप्त गर्छन्। मानिसको राशिफल पनि सबै ग्रहको चालबाट निर्धारण गरिन्छ। ग्रहहरूको चालका कारण असोज २ गते सम्मको समय केही राशिका लागि निकै शुभ रहनेछ। आउनुहोस् जानौं कुन राशिका लागि असोज २ गते सम्मको समय शुभ रहनेछ-
मेष राशि

माताको साथ र सहयोग मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्ता आदिले सुखद नतिजा दिनेछ। परिवारमा धार्मिक काम हुनसक्छ। सवारी साधनको आनन्द बढ्नेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। लेखन कार्यबाट आम्दानी बढ्ने सम्भावना छ।
मिथुन राशि

आमाबाट धन प्राप्ति हुनसक्छ। कला संगीतमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना छ। आम्दानी बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानबाट शुभ समाचार पाउन सकिनेछ। काममा उन्नतिको सम्भावना छ। कार्यक्षेत्रमा उच्च-अधिकारीहरुको सहयोग मिल्नेछ।
कर्कट राशि

आत्मविश्वास बढ्नेछ। घरपरिवारमा धार्मिक कार्य सम्पन्न हुनसक्छ। सन्तान सुखमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना रहेको छ। मनमा शान्ति र आनन्दको अनुभूति हुनेछ। तपाईं आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। परिवारमा आमा र वृद्ध महिलाबाट धन प्राप्तिको सम्भावना छ। काममा उच्च-अधिकारीको सहयोग मिल्नेछ।
मीन राशि

आत्मविश्वास बढ्नेछ। आमाबाट धन प्राप्तिको सम्भावना छ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। परिवारमा मान सम्मान बढ्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ।
