सामान्यतया सबैले सुन वा हिराको औंठी लगाउन रुचाउँछन्। प्रत्येक धातुको विशेष महत्व ज्योतिषमा वर्णन गरिएको छ। हिरा कसैलाई सुहाउँछ भने सुन वा चाँदी कसैलाई शुभ मानिन्छ। प्रत्येक धातुको व्यक्तिको जीवनमा फरक फरक प्रभाव हुन्छ। ज्योतिष शास्त्रमा सुन धारण गर्नु लाभदायक मानिन्छ। औंठीमा सुनको औंठी लगाएमा सन्तानको सुखमा आउने बाधाबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ। यसका साथसाथै धन लाभ र करियरमा प्रगति हुने देखिन्छ। जान्नुहोस् कुन राशिका लागि सुनको औंठी लगाउनु शुभ मानिन्छ।
सिंह राशि

सिंह राशिका लागि सुनको औंठी निकै शुभ मानिन्छ। ज्योतिष शास्त्रका अनुसार सिंह अग्नि तत्वको चिन्ह हो र सूर्यको शासन हुन्छ। त्यसैले सिंह राशिका व्यक्तिले सुनको औंठी लगाउनु शुभ मानिन्छ।
कन्या राशि

यस राशिका मानिसहरुलाई सुख सुविधाले भरिएको जीवन मन पर्छ। कन्या राशिका मानिसले सुनको औँठी, चेन वा जुनसुकै वस्तु लगाउन सक्ने बताइएको छ।
तुला राशि

तुला राशिका लागि पनि सुन शुभ मानिन्छ। ज्योतिषशास्त्रका अनुसार सुनको औंठीले तुला राशिका मानिसलाई भाग्यशाली बनाउन सक्छ। यस राशिका स्वामी शुक्रदेव हुन्। शुक्रका लागि सुनलाई लाभदायक मानिन्छ।
मीन राशि

ज्योतिष शास्त्र अनुसार मीन राशिका मानिसहरुका लागि सुन धारण गर्नु लाभदायक मानिन्छ। यस राशिका मानिसलाई सुन धारण गर्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ। जीवनमा बाधाबाट मुक्ति मिल्नेछ।
