यस वर्षको दशैंमा बन्दै यस्तो महाशुभ संयोग: मिल्नेछ निकै शुभ परिणाम !

सन् २०७९ वर्षको शारदीय नवरात्रि असोज १० गते सुरु हुँदैछ। यसपटक सोमबार हात्तीमा सवार माता रानी आउँदैछिन्। माता दुर्गाको आगमन र प्रस्थान दुबै हात्तीमा हुनेछ। माताको हात्तीमा सवार हुनु शुभ मानिन्छ। यस सवारीमा माताको आगमन र प्रस्थानसँगै माताले सबैको दु:ख, रोग, पीडा, शोक आदिबाट मुक्ति दिन्छिन्। हात्तीमा चढेर माताको आगमन र प्रस्थानसँगै, माता रानी आफ्ना भक्तहरूलाई धन र भोजनको आशीर्वाद दिनेछिन्।

मान्यता अनुसार माता हात्ती चढ्नु र प्रस्थान हुँदा पानीको समस्या हुने गरेको पनि बताइन्छ। गत वर्षको कुरा गर्दा माता रानी डोलीमा बसेर आएर हात्ती चढेर गएकी थिइन्। यस बाहेक माता सिंह, घोडा र डुङ्गामा बसेर पनि आउने गरेकी छिन्।

असोज १० गते घरघरमा कलश स्थापना गरिने छ। नवरात्रिको नौ दिनमा माताका नौ रुपको पूजा गरिन्छ। अष्टमी तिथी र नवमी तिथीको नवरात्रीमा विशेष महत्व रहेको छ भने यसपटक विजया दशमी भने असोज १९ गते मनाइँदैछ।

प्रकाशित : मङ्गलबार, भदौ २८, २०७९१४:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्य र राहुले बनाउँदै अशुभ षडाष्टक योग: यी ३ राशिको बढ्न सक्छ समस्या !